स्वयम्भूको एक घरमा फेला परेको महिलाकाे शवको पहिचान खुल्यो
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार २२:७:१०
७ माघ, काठमाडौं । माघ ३ गते काठमाडौँ महानगरपालिका १५ शोभाभगवती स्थित सरिता गिरीको घरमा सढेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी स्वयम्भूमा सडेको अवस्थामा फेला परेको शव तनहुँ भीमादकी ५१ वर्षीय सफिना मियाँको भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले स्वयम्भू स्थित गिरीको घरको भुईँ हल्लामा भेटिएको शव मियाको भएको पुष्टि गरे । ‘मियाको हत्याको आशङ्कामा भारत दरभङ्गाका ४३ वर्षीय इकरामूल हक अन्सारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ’, उनले भने । अन्सारी र मिया विगत एक वर्षदेखि सँगै बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दुईजनाबीच वादविवाद हुँदा हत्या भएको खत्रीले बताए ।
प्रहरी प्रमुख खत्रीले घरमा बस्ने व्यक्तिको विस्तृत विवरण घरबेटीसँग नहुँदा अनुसन्धानमा समस्या परेको भन्दै आगामी दिनमा यस्ता कुरामा ध्यान दिन सबैलाई आग्रहसमेत गरे । मियाँ विगत तीन महिनादेखि नै कोठामा मृत रहेको अनुमान प्रहरीले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार