पशुपति विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल काम नगराउन अदालतको आदेश
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १०:४७:२४
८ माघ, काठमाडौं । उच्च अदालत पाटनले हालै नियुक्ति पाएकी पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । उनको नियुक्ति विवादित भएको भन्दै उच्च अदालत पाटनमा उजुरी परेको थियो ।
न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ति तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनको नियुक्तिलाई लिएर संसदीय समितिमा पनि चर्को विरोध भएको थियो । अदालतले कोषको कार्यकारी निर्देशकको पदमा काम नगराउन भनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार
पूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार