राप्रपाको राजमार्ग सत्याग्रहको कार्यक्रम स्थगित
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ७, २०७६ शनिबार १९:४०:३४
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
काठमाडौं । राप्रपाले राजमार्ग र सडकका चोकहरुमा गर्ने भनिएको सत्याग्रहका कार्यक्रम स्थगित गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय गर्दै राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
राप्रपाले आइतबार राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम राखेको थियो । यो कार्यक्रमलाई दोस्रो चरणको आन्दोलनमा समेटिने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।
समितिमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा। धवल समशेर राणा, भाष्कर भद्रा, प्रदेश ३ का अध्यक्ष विक्रमबहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्तीकुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य छन् । समितिलाई सात दिनभित्र आगामी आन्दोलनका कार्यक्रम तय गर्न कार्यसमितिले जिम्मा दिएको छ ।
राप्रपाले नेपाललाई हिन्दु राष्ट्र घोषणा, राजासहितको लोकतन्त्र स्थापना लगायतका माग राख्दै यसअघि पहिलो चरणको आन्दोलनका कार्यक्रम गरेको थियो ।
पहिलो चरणमा मेची-महाकाली पदयात्रा, हस्ताक्षर संकलन, तीनै तहका प्रशासनिक कार्यालयहरुमा धर्ना दिने, धर्मनिरपेक्षताको ब्यानर तथा पोष्टर जलाउने लगायत कार्यक्रम राप्रपाले गरेको थियो ।
हेर्नुहोस् राप्रपाको विज्ञप्ति
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार