अब सदगुरू हलिउड फिल्ममा, जोनिफर लोपेजको फिल्ममा देखिदैँ
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १२:१:४४
८ माघ, मुम्बइ । तपाईंले सद्गुरु जग्गी वासुदेवलाई धेरै बलिउड स्टारहरूसँग अन्तर्वार्ता लिइरहेको देख्नु भएको होला। तर, अब जग्गी वासुदेव हलिउड सुपरस्टार जेनिफर लोपेजको फिल्म ‘दिस इज मी नाउः अ लभ स्टोरी’ मा देखिने भएका छन् । जेनिफर लोपेजले आफ्नो फिल्मको ट्रेलर सार्वजनिक गर्दा कलाकारको नाममा सदगुरूको नाम पनि समावेश गरेकी छिन् ।
यो फिल्मको ट्रेलरपछि सद्गुरु जग्गी वासुदेवको नाम पनि स्टार कास्टमा रहेको देखिन्छ । यो फिल्म १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदैछ । जेनिफर लोपेजले आफ्नो इन्स्टाग्राममा यस फिल्मको ट्रेलर पोस्ट गर्दै भावुक नोट लेखेकी छिन् ।
जसमा जेनिफर लोपेजले लेखेकी छिन्, ‘मैले यसअघि कहिल्यै यति नर्भस, उत्साहित र डराएको महसुस गरेको थिइनँ। यो फिल्मको एउटा अद्भुत र यादगार यात्रा रह्यो । मेरो फिल्म दिस इज मी नाउ १६ फेब्रुअरीमा प्राइम भिडियोमा रिलिज हुँदैछ । यो परियोजना अहिलेसम्मकै सबैभन्दा व्यक्तिगत हो। यसको ट्रेलर हेर्नुहोस् र मजा लिनुहोस्।’
निफर लोपेजको यो फिल्मको कास्टमा हलिउड स्टारहरुको नाम देखिएको थियो । यससँगै भारतीय फ्यानका लागि पनि यसमा एउटा आश्चर्य लुकेको छ । यस फिल्मको स्टार कास्टमा सद्गुरु जग्गी वासुदेवको नाम पनि देख्न सकिन्छ । यसले यो फिल्ममा जग्गी वासुदेव पनि देखिने पक्का भएको छ ।
यससँगै फिल्मको स्टार कास्टमा ‘बेन एफ्लेक’, ‘ट्रेभर नोआ’, ‘सोफिया भर्गारा’, ‘केके पाल्मर’, ‘निल डे ग्रेस टायसन’, ‘नील डी ग्रास टायसन र ‘पोस्ट मेलोन’ रहेको देख्न सकिन्छ।
चलचित्रको ट्रेलर सार्वजनिक भए पनि त्यसमा सद्गुरु भने देखिँदैनन् । यस्तो अवस्थामा भारतीय फ्यानका लागि फिल्ममा केही महत्वपूर्ण सरप्राइज हुने विश्वास गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार