हनुमानका निर्माताले गरे राम मन्दिरका लागि २.६ करोड दान
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १२:३:४४
८ माघ, मुम्बइ । प्रशान्त वर्माको सुपरहिरो फिल्म हनुमान १२ जनवरीमा रिलिज भएको थियो । तेजा सज्जा, वरलक्ष्मी सरथकुमार, अमृता अय्यर र विनय राई अभिनित यो फिल्मले विश्वभर बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । निर्माताहरूले अयोध्याको राम मन्दिरको लागि बिक्री हुने प्रत्येक टिकटमा ५ रुपैयाँ दिने वाचा गरेका थिए र उनीहरू अहिले त्यो पूरा गरेका छन् ।
अयोध्याको राम मन्दिरका लागि २,६६,४१,०५५ भारु चन्दा दिएको फिल्म टिमले प्रेसलाई बताएको छ । फिल्मले विश्वभर १५० करोडको आँकडा पार गर्यो र सप्ताहन्तमा पनि बक्स अफिसमा ठूलो कमाई गरेको थियो। दोस्रो सप्ताहन्तमा हनुमानले देश तथा विदेशमा बढी ओगटेन्सी जितेको फिल्म टोलीले जनाएको छ ।
चलचित्रको बारेमा कुरा गर्दा हनुमान थिएटरहरूमा चलिरहेको छ र हनुमन्थु 'तेजा' नामक युवकको कथामा आधारित छ । उसले आफ्नो गाउँमा पारिवारिक देवता भेटेपछि महाशक्ति प्राप्त गर्दछ। कसरी उनी आफ्नी बहिनी 'वरलक्ष्मी' र प्रेमिका 'अमृता' को सहयोगमा पूँजीवादी खलनायक 'विनय' विरुद्ध जनताको लागि खडा हुन्छन्। यस्तो कथामा यो फिल्म बनेको छ, जसलाई हिन्दुहरुले अत्याधिक मात्रामा रुचाएका छन् ।
प्रि-रिलिज कार्यक्रममा निर्माताहरूले राम मन्दिरको लागि बिक्री हुने प्रत्येक टिकटको लागि ५ रुपैयाँ दान गर्ने कुरा उल्लेख गरेका थिए । उनले फिल्मको प्रिमियरमा बिक्री भएका २,९७,१६२ टिकटबाट उठेको मध्ये १४,८५,८१० रुपैयाँको चेक दान गरिसकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २८, २०८१ शुक्रबार