रूस नियन्त्रित सहरमा युक्रेनी हमलामा परी २७ को मृत्यु, २५ घाइते
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १२:११:२८
८ माघ, किभ । रुस र युक्रेनबीचको युद्ध रोकिने कुनै छाँटकाट देखिएको छैन । सोही क्रममा रुसको कब्जामा रहेको युक्रेनी बजारमा भएको गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सो घटनामा परी २५ जनाको मृत्यु भएको छ ।
समाचार अनुसार सो हमला डोनेट्स्क सहरको उपनगर तेकस्तिलशचिकमा बिहानै सो आक्रमण भएको हो। स्थानीय प्रशासनका अनुसार उक्त हमला युक्रेनी सेनाले गरेका हुन । डोनेस्कमा रुसले नियुक्त गरेको उच्च अधिकारी डेनिस पुशिलिनले आक्रमणमा २५ जना घाइते भएको जानकारी दिए ।
यद्यपी युक्रेनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसबाहेक, यी दावीहरूलाई एसोसिएटेड प्रेसद्वारा स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिएन। घटनापछि घटनास्थलमा उद्धार कार्य जारी छ । रुसी नियुक्त अधिकारीले पनि आपतकालीन सेवाका कर्मचारीहरूले घटनास्थलमा उद्धार कार्य जारी रहेको जनाएका छन ।
उता, आइतबार रुसको उस्ट लुगा बन्दरगाहमा आगलागी भएको जानकारी दिएका छन् । रासायनिक ढुवानी टर्मिनलमा दुई विष्फोट भएपछि घटना भएको हो।
स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी ड्रोनले आक्रमण गरेको जनाएको छ । ड्रोनको आक्रमणका कारण ग्यासले भरिएको ट्याङ्कीमा आगो निस्केर फैलिएको थियो ।
रुसको किंगसेप क्षेत्रको बन्दरगाह प्रमुख युरी जाप्लातस्कीले एक विज्ञप्तिमा उक्त घटनामा कुनै हताहत नभएको बताए । यो भयानक घटनापछि जिल्लालाई उच्च सतर्कतामा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार