पीएम कप : कर्णाली प्रदेशमाथि बागमती ७ विकेटले विजयी
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १३:४५:३२
८ माघ, काठमाडौं । बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । जारी पीएम कप अन्तर्गत सोमबार सम्पन्न खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको लक्ष्य पछाएको बागमती प्रदेशले १३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यस अघि मुलपानी मैदानमा कर्णालीले पहिला ब्याटिंग गर्दै २४.२ ओभरमा केवल ७८ रनमा अल आउट भएको थियो । कर्णाली प्रदेशका लागि अर्जुन घर्तिले सर्बाधिक २३ रन बनाए भने निश्चल रावलले १३ रन बनाएका थिए । कर्णालीका अन्य ब्याट्सम्यानले यस खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णालीको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा बागमतीका बलर रिजन ढकालले सर्बाधिक ५ विकेट लिएका थिए । त्यस्तै क्रिजन गुरुङले २ विकेट लिए भने प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले एक एक विकेट लिएका छन् ।
यो जितपछि बागमती प्रदेशको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशले भने तेस्रो हार बेहोरेको छ । ५ खेलमा ४ अंक भएको कर्णाली सातौं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार