पीएम कप : एपीएफमाथि पुलिसको शानदार जित
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १५:५४:२३
८ माघ, काठमाडौं । नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ । पीएम कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो ।
पुलिस क्लबले दिएको १४६ रनको लक्ष्य पछाएको एपीएफले ३४ ओभरमा अलआउट हुँदै ८७ रन मात्र बनाएको थियो । एपीएफको ब्याटिङ लाइनलाई ध्वस्त गर्न पुलिसका बलर ललित राजबंशीले ५ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको पुलिस क्लबले ४१ ओभरमा अलआउट हुँदै १४५ रन बनाएको थियो । पुलिस क्लब जारी पीएम कपमा पराजित रहँदै लगातार चार खेलमा जित हासिल गरेको छ र ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एपीएफले भने दोस्रो हार बेहोरेको छ । चार खेलमा ४ अंकसहित एपीएफ छैटौं स्थानमा रहेको छ ।
अब एपीएफले अर्को खेल मंगलबार त्रिभुवन आर्मीसँग खेल्ने छ भने पुलिस क्लबले बुधबार मुलपानीमा मधेश प्रदेशविरुद्ध खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
यू-२० एशियन कप छनौटमा नेपालले आज बहराइनसँग सामना गर्दै
असोज ११, २०८१ शुक्रबार
एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि
असोज १०, २०८१ बिहिबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार