पार्टीको आम्दानी घटिरहेको देखाउने माओवादीले कसरी किन्यो ५ करोड ७७ लाखमा ८ आना जग्गा ?
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १६:१६:३८
८ माघ, काठमाडौं । पार्टीको वार्षिक आम्दानी घटिरहेको विवरण दिएको नेकपा माओवादी केन्द्रले हालै मात्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । पार्टी कार्यालय साँघुरो भएको भन्दै माओवादीले यो जग्गा खरिद गरिएको जनाएको छ । प्रायः जसो पार्टीले देखाउने आम्दानी विवादित रहँदै आएका छन् । पार्टीका कार्यकर्ता, सांसद र मन्त्री मात्र पार्टीको आम्दानीका मुख्य स्रोत हुन् ।
माओवादीले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रूपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको हो । यो विषय पार्टीको आन्तरिक लेखा परीक्षणको वार्षिक वित्तीय विवरणमा पनि उल्लेख छ । अहिले नेकपा माओवादी सरकारको नेतृत्व गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् ।
माओवादीको वित्तीय विवरणमा गत वर्षभन्दा यो वर्ष आम्दानी घटेको देखिएको छ । पार्टी सदस्यता, लेबी, नवीकरण, चन्दा, सहयोग, प्रकाशन बिक्री, बैंकको ब्याज गरी गरी चालू आर्थिक वर्षमा ३ करोड ४८ लाख ४४ हजार ८ सय ४३ रूपैयाँ मात्र माओवादीको आम्दानी छ । यसरी हेर्दा हालै मात्र उसले ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रूपैयाँ जग्गामा हालेको पैसा कहाँबाट आयो भन्ने प्रश्न उठाउँछ ।
माओवादीले पार्टीको अधिवशेन, सम्मेलन, प्रशिक्षण, निर्वाचन, कार्यालय संचालन र कर्मचारीको तलब गरी ३ करोड ८१ लाख ६० हजार ३ सय ६९ रूपैयाँ खर्च देखाएको छ । जसमा सदस्यता, लेबी र नवीकरणबाट तीन करोड ४३ लाख ८५ हजार ३ सय छ । उसले जम्मा १० हजार मात्र चन्दा र सहयोग प्राप्त भएको देखाएको छ ।
पार्टीको पूँजीगत खर्च र लगानीमा जग्गा खरिदमा सबैभन्दा बढी ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रूपैँया भएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको पाँच रोपनी जग्गा र त्यसमा बनेको तीन तले भवनसहित जम्मा १२ करोड ३७ लाख ७३ हजार ५ सय ७३ रूपैँया बराबर सम्पत्ति देखिएको छ ।
अघिल्लो आर्थिक वर्षमा १२ करोड २६ लाख ४ हजार ४ सय ६८ रूपैँया सम्पत्ति लेखापरीक्षण प्रतिवेदनमा जनाइएको छ । माओवादीको नाममा एभरेष्ट बैंक, ग्लोबल बैँकमा गरी १६ लाख ९२ हजार ९ सय ९७ रूपैँया मौज्दात रहेको देखिन्छ । वित्तीय विवरणको अनुसूची १२ मा पुँजीगत खर्च र लगानी शीर्षकमा उक्त जग्गा खरिद गरेको देखाइएको छ ।
पार्टी कार्यालय भवनको बायाँपट्टि क्यान्टिनसँग जोडिएको जग्गा खरिद गरिएको हो । माओवादीले उक्त जग्गा वरिष्ठ अधिवक्ता देवराज कटुवालबाट किनेको हो । यसअघि उनीबाटै १२ आना किनिसकेको छ । माओवादीले २०६५ सालमा २ रोपनी ८ आना जग्गासहितको भवन राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयले गरेको लिलामीबाट सकारेको थियो । त्यतिबेला माओवादीले सहकारीबाट ऋण र चन्दाबाट २ करोड ७४ लाखमा २ रोपनी ८ आना जग्गा बैंकबाट सकारेको माओवादी नेताको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार