मैले टिक पाइन भनेर पार्टीमा अन्तर्घात गर्ने काम नगरौँः सभापति देउवा
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार २०:२५:९
८ माघ, काडमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट नपाएको झोकमा अन्तर्घात गर्न नहुने बताएका छन् । टिकटमा चुनावका आकांक्षी थुप्रै हुने तर एउटाले मात्र पाउने हुँदा टिकट नपाउनेहरूले अन्तर्घात गर्न नहुने बताएका हुन् ।
सोमबार नेपाली कांग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले टिकटको आकांक्षीहरू धेरै हुने तर समावेशीसहितका पदहरूमा भाग लगाउँदा आशा गरेका थोरैले मात्रै टिकट पाउने अवस्था हुने बताए ।
उनले भने, ‘एकले अर्काको खुट्टा तानेर सफल भइदैन, मिलेर काम गर्नुपर्छ । फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्छौं । समानुपातिक र समावेशी सिद्दान्तका कारण एकैदलको बहुमत नआएकोले गठबन्धन गरेको स्पष्ट पार्दै सभापति देउवाले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने समेत बताए ।
सभापति देउवाले राष्ट्रियसभामा पनि आफ्नो दलकै बहुमत सदस्य लिएर गठबन्धनमा गएकोले कार्यकर्ताले बिरोध गर्नु नपर्ने बताए । ‘चुनौतीहरु सामना गरेर जानुपर्छ, त्यसैले कांग्रेसले गठबन्धन गरेको हो,’ उनले भने, ‘राष्ट्रका कतिपय चुनौती मिलेर समाधान गर्नुपर्छ ।’
सबैले टिकट नपाउने भन्दै टिकट पाएकाले नपाएकालाई साथमा हिडाउनुपर्ने बताए । उनले टिकट बितरणमा उचित मूल्यांकनको आधार बनाउने समेत प्रतिबद्दता जनाए । सम्मेलनका लागि जिल्लाभरबाट सयौं कार्यकर्ता कुश्मा आएका थिए ।
कार्यक्रममा कांग्रेस नेता तथा पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसमा अनुशासनको खाँचो भएको औल्याए । उनले अनुशासन नहुँदा कांग्रेसमा पटक–पटक अन्तरघात भएको बताए । उनले कांग्रेस हार्दा आफ्नै कारणले हार व्यहोरेको टिप्पणी गरे । ‘कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले भने, ‘कांग्रेस कांग्रेसकै कारणले हारेको छ ।’
कांग्रेस नहार्न पार्टीमा अनुशासन चाहिएको उनले बताए । आफ्नो नेतालाई स्वीकार्न नसक्नु पार्टी भित्रको अनुशासनहीन काम भएको टिप्पणी गरे । उनले अनुशासनमा बस्न ताकत चाहिने पनि बताए ।
कार्यक्रममा अर्का नेता चन्द्र भण्डारीले राजनीतिक दल, नेता र कार्यकर्ता जनताको चाहना अनुसार अपडेट हुनुपर्ने बताए । ’जबसम्म नेताहरु जनताको चाहना अनुसार अपडेट हुँदैनन्, तब सम्म राजनीतिमा वितृष्ण बढिरहनेछ,’ भण्डारीको भनाइ छ । ‘मोवाइल, टिभी र आइफोन जस्तै नेता कार्यकर्ता अपडेट हुनुपर्ने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार