जनताका सुझाव र पार्टीले अनुभूत गरेका विषयमा एमालेद्वारा सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १०:४६:३७
९ माघ, काठमाडौं । नेकपा एमालेले सरकारलाई जनताको सुझाव र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वको एमाले प्रतिनिधिमण्डलले ध्यानाकर्षण बुझाएको हो ।
एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको हो । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रापछि जनताका सुझाव र पार्टीले अनुभूत गरेका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता प्रदिप ज्ञवालीले जानकारी दिए । विभिन्न क्षेत्रबाट प्राप्त भएका सुझाव हामीले सरकारलाई बुझाएका छौँ, जसलाई हामीले जनताको नासो हो भनेका छौँ । यसको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हौँ ।
एमालेको उक्त संकल्प यात्राका क्रममा ७५१ वटा माग आएको जनाएको छ । नेता ज्ञवालीका अनुसार ४६ वटा क्षेत्रका सबै प्रदेशबाट मागहरु आएका छन् । एउटा मागमा एक हजार ४ सय बढीको पनि हस्ताक्षर छ । एमाले नेताहरुसँग प्रधानमन्त्री दाहालले ध्यानाकर्षण पत्र ‘दराजमा थन्किन पाउने छैनन्’ भनी आश्वस्त तुल्याएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार