आज पनि अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १०:५६:३१
९ माघ, काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ६१ पैसा र बिक्री दर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ ।
अघिल्लो दुई दिन पनि अमेरिकी डलरको कारोबार सोही मूल्यमा भएको थियो । यसैगरी, आज १८ पैसाले घटेको छ । मंगलबार युरो एकको खरिदमा १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९९ पैसा कायम गरिएको छ ।
सोमबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा तोकिएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको सोमबार खरिददर १६८ रूपैयाँ ५१ पैसा र बिक्री दर १६९ रूपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८७ रूपैयाँ ३७ पैसा र बिक्री दर ८७ रूपैयाँ ७७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ७९ पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९६ पैसा कायम हुँदा बिक्री दर भने ९ रूपैयाँ रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९ रूपैयाँ ९४ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३७ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३६ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ १० पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर मंगलबार २८ रूपैयाँ ६ पैसा र बिक्री दर २८ रूपैयाँ १८ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ९२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
माघ ७, २०८१ सोमबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार