राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब बराबरको तरलता खिच्दै
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार ११:२:२७
९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट रकम तान्ने क्रमलाई निरन्तरता दिइरहेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता जम्मा भएपछि राष्ट्र बैंकले निक्षेप खिच्ने क्रमलाई निरन्तरता दिएको हो । जस अनतर्गत निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ ।
बैंकका अनुसार आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो ।
आज दिउँसो २ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
साँवा र ब्याज भुक्तानी मिति माघ २३ गतेलाई निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
माघ ७, २०८१ सोमबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार