विक्की कौशलको सामबहादुर ओटीटीमा देख्न पाइने
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार ११:११:२८
९ माघ, मुम्बइ । गत वर्ष डिसेम्बर १ मा रिलिज भएको विक्की कौशलको फिल्म ‘साम बहादुर’ ले दर्शकको धेरै मन जितेको थियो । यो फिल्मको सीधा प्रतिस्पर्धा रणवीर कपुरको ब्लकबस्टर फिल्म ‘एनिमल’सँग थियो । तर पनि ‘साम बहादुर’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।
साम मानेकशाको जीवनमा आधारित यस फिल्ममा विक्कीले आफ्नो चरित्रलाई पूर्ण न्याय दिएका छन् । अब यो फिल्म ओटीटीमा पनि रिलिज हुँदैछ ।
जसले थिएटरमा गएर मेघना गुलजार निर्देशित यो फिल्म हेर्न पाएनन् । अब ती व्यक्तिहरूले घरमै बसेर यो फिल्मको मजा लिन सक्छन्। सिनेमाघरमा धमाका गरेपछि अब यो फिल्म ओटीटीमा आउने तयारीमा छ । सोमबार ओटीटी प्लेटफर्मले तपाइँ घरमा बसेर कहिले फिल्म हेर्न सक्षम हुनुहुनेछ भन्ने जानकारी दिने पोस्टर साझा गरेको छ ।
विक्की कौशलको फिल्म ‘साम बहादुर’ गत १ डिसेम्बर २०२३ मा सिनेमा घरमा रिलिज भएको थियो। यस फिल्मको निर्देशन मेघना गुलजारले गरेकी हुन । अब यो फिल्म गणतन्त्र दिवसको अवसरमा ओटीटीमा रिलिज हुँदैछ । तपाईले फिल्म जी ५ मा हेर्न सक्नुहुनेछ। जी ५ ले फिल्मको पोस्टरमा लेखेको छ, ‘एक दूरदर्शी नेता, लेजेन्ड र एक सच्चा नायक, साम तपाईको स्क्रिनमा राज गर्न आउँदैछन्। यो जनवरी २६ मा जी ५ मा प्रिमियर हुनेछ।’
समाचार अनुसार ‘सामबहादुर’ ५५ करोडको बजेटमा बनेको फिल्म हो । फिल्मले विश्वभरवाट कुल १३० करोड भारु कमाएको छ । फिल्मकी निर्देशक मेघना गुलजार आफैंले ‘सामबहादुर’ बनाउनका कारणा जीवन परिवर्तन गर्ने अनुभव भएको बताएकी छन् । उनले विक्की कौशलको अभिनयको पनि खुलेर प्रशंसा गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार