२०२४ को पहिलो ब्लकबस्टर फिल्म ‘हनुमान’को बक्स अफिसमा राज
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार ११:१५:१३
९ माघ, मुम्बई । सन् २०२४ को पहिलो ब्लकबस्टर फिल्म ‘हनुमान’ ले बक्स अफिसमा राज गरिरहेको छ । चलचित्र सुस्त गतिमा सुरु भएपनि चलचित्रले जुन गति लिएको छ, त्यसले अन्य निर्माताहरुलाई पसिना पसिनामा पुर्यायो । बक्स अफिसमा निकै न्यून कलेक्सनबाट सुरु भएको ‘हनुमान’ले सुपरस्टार महेश बाबुको ‘गुंटुर करम’ को विश्वव्यापी कलेक्शन तोडेर सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
राम मन्दिर प्राणप्रतिष्ठा कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले फिल्मको दोस्रो भागको घोषणा गरेको हो।फिल्म ‘हनुमान’ जनवरी १२ मा हिन्दीका साथै दक्षिणी भाषामा पनि थिएटरमा रिलिज भएको थियो । त्यस दिनदेखि यो फिल्म लगातार चर्चामा छ ।
मात्र २० करोडमा बनेको यो फिल्मले निर्मातालाई सोचे भन्दा बढी बनाएको छ । रामलाला प्राण प्रतिष्ठाको अवसरमा पनि ‘हनुमान’ ले निकै कमाई गरेको छ र यसै दिन उनीहरुले फिल्मको सिक्वेलको घोषणा पनि गरेका छन् । यस फिल्मका मुख्य अभिनेता तेजा सज्जा भने दोस्रो पार्टमा देखिने छैनन् ।
२० करोडको बजेटमा बनेको फिल्म ‘हनुमान’ले एक सय ३० करोडभन्दा बढी कलेक्शन गरेर सबैलाई चकित बनाएको छ । सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार हनुमानले दोस्रो सोमबार अर्थात् रिलिजको ११ औं दिनमा ७.५० करोड भारु कलेक्सन गरेको छ। योसँगै ‘हनुमान’को कुल कमाई अहिले १३९.५५ करोड रूपैयाँ पुगेको छ ।
‘हनुमान’को अभूतपूर्व सफलताबाट निर्माताहरु निकै खुसी छन् र यसैले अयोध्यामा रामलाला प्राण प्रतिष्ठाको अवसरमा ‘हनुमान’ को अर्को पार्ट घोषणा गरेर निर्माताले फ्यानहरुलाई ठूलो उपहार दिएका छन् । ‘हनुमान’ को अर्को भाग ‘जय हनुमान’ शीर्षकको साथ रिलिज हुनेछ । यसको पोस्टर पनि सार्वजनिक भएको छ ।
‘जय हनुमान’को सिक्वेलमा तेजा सज्जा हनुमान मुख्य कलाकार हुनेछैनन् । मिडिया रिपोर्टका अनुसार प्रशान्त वर्माले फिल्मको सम्बन्धमा बयान दिएका थिए जसमा उनले तेजा सज्जा ‘हनुमान’ को सिक्वेल ‘जय हनुमान’ मा मुख्य नायक नहुने बताएका थिए । यो फिल्ममा उनी ‘हनुमन्थु’ को रुपमा देखिनेछन् । तर, ठूला कलाकारले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार