अमेरिकामा तीन ठाउँमा गोली हानी ८ को हत्या, हत्यारा एकै भएको प्रहरीकाे दाबी
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार ११:२३:०
९ माघ, शिकागो । अमेरिकामा गोली हानेर ८ जनाको हत्या गरिएको छ । अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो ।
अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानीय प्रहरीले जनाएको छ । सो घटनामा इलिनोइस राज्यका प्रहरी अधिकारीहरूले सोही व्यक्तिले ८ जनाको हत्या गरेको र हाल फरार रहेको जानकारी दिएका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार इलिनोइस राज्यको शिकागो नजिकै रहेको जोलिएट विल काउन्टीका प्रहरीले हत्याको कारण पत्ता लगाउन प्रयास गरिरहेको बताएको छ। सोमबार साँझ पत्रकारसँग कुरा गर्दै उनले हत्या गर्ने व्यक्ति पीडिक चिनेको दाबी गरेका छन ।
आइतबार र सोमबार तीन फरक ठाउँमा मृतकको शव फेला परेको थियो । अमेरिकामा हत्या भएको जानकारी पाएपछि प्रहरीले सामाजिक सञ्जालमा चेतावनी जारी गरेको छ ।
प्रहरीले सो घटनाको संदिग्धलाई सशस्त्र र खतरनाक हत्यारा घोषणा गरेका छन । जोलिएटका प्रहरी प्रमुख विलियम इभान्सले संघीय अनुसन्धान ब्यूरो (एफबीआई) टास्क फोर्सले संदिग्धको खोजीमा स्थानीय प्रहरीलाई सहयोग गरिरहेको बताए।
मारिएका मध्ये एक जनाको शव आइतवार विल काउन्टीको एक घरमा फेला परेको थियो भने बाँकी ७ जनाको शव जोलिएटस्थित दुई घरमा भेटिएको थियो ।
सोमबार साँझ पीडितको घरबाहिर पत्रकार सम्मेलन गर्दै विलियम इभान्सले भने, ‘म २९ वर्षदेखि प्रहरी हुँ र यो सायद मैले भोगेको सबैभन्दा खराब अनुभव हो ।’
सोमबार दिउँसो फेसबुक पोस्टमा, जोलिएट पुलिसले भने कि उनीहरूले मृत फेला परेका व्यक्तिहरूको अनुसन्धान गरिरहेका थिए। यसका साथै उनले संदिग्ध अभियुक्तको तस्विर पनि सेयर गरेका छन् र अभियुक्तको गाडीको पहिचान पनि गरेका छन् । प्रहरीका अनुसार आरोपीको नाम रोमियो नान्स रहेको छ, जो २३ वर्षका छन । उनीसँग रातो टोयोटा क्यामरी कार पनि थियो, जुन उसले चलाइरहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार