त्रिविको उपकुलपतिका लागि ४३ जनाले हाले दरखास्त, यस्तो छ छनोट प्रक्रिया
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार ११:४८:२३
९ माघ, काठमाडौं । रिक्त त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नका लागि ४३ जनाले आवदेन दिएका छन् । निवेदन दिनेमा दुई महिलासहित ४३ जना प्राध्यापक रहेका छन् । आवेदन दिने अन्तिम दिन सोमबारसम्म ४३ जनाको आवेदन परेको उपुकलपति सिफारिस समितिले जनाएको छ ।
प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको निर्देशनमा शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न १५ दिन समय दिएर आवेदन माग गरेको थियो ।
समितिका अनुसार अब आवेदन भेरिफाई गरिनेछ । अपुग कागजात भए माग गर्ने र विज्ञ टोली बनाएर मूल्यांकन गरेर उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने काम सुरु हुनेछ । समितिले ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये एकलाई कुलपतिले नियुक्ति दिने व्यवस्था छ ।
उपकुलपतिका लागि आवेदन दिनेमा त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, टंकनाथ धमला, भोजराज अर्याल, प्रकाश घिमिरे, केदारनाथ घिमिरे, पूर्वडिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कल देव मिश्र, प्रमोदकुमार झालगायतले आवेदन दिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै त्रिविका निमित्त उपकुलपति शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, त्रिविका पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, पूर्वरेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले आवेदन दिएका छन् ।
कार्यविधिअनुसार अन्तर्वार्ता र प्रस्तुतीकरणबाहेकका अंकबाट अल्पसूची तयार पारिनेछ । आवेदन दिनेमध्ये एक तिहाइ वा १५ जनामध्ये जुन कम हुन्छ, तिनै उम्मेदवारलाई अल्पसूचीमा राखिनेछ । अल्पसूचीबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई नियुक्ति दिने समितिले जनाएको छ ।
आवेदकबीच शैक्षिक योग्यता, अनुभव, पुस्तक प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा एक सय अंकमा प्रतिस्पर्धा गराउने कार्यविधिमा उल्लेख छ । विश्वविद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनालाई ३५ अंक छुट्याइएको छ । प्रस्तुतीकरणमा २० र अन्तर्वार्ताका लागि १५ अंक तोकिएको हो ।
प्राज्ञिक अनुसन्धानमूलक परियोजनाका लागि ६, पुस्तक प्रकाशनबापत ५, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४, विद्यावारिधि योग्यताका लागि ५ र प्राध्यापकको अनुभवलाई १० अंक तोकिएको छ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेपत्ता र सत्य निरुपण आयोगको अध्यक्षमा निवेदन दिन सर्वोच्चको न्यायाधीश सरह हुनुपर्ने
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखमा कांग्रेसले भण्डारी र शाहीलाई बनायो उम्मेदवार
कात्तिक २३, २०८१ शुक्रबार
उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
कोशीका पूर्वमन्त्री अधिकारीसँग जापान हिँडेका व्यक्तिले १० देखि १३ लाखसम्म बुझाएको खुलासा
कात्तिक २२, २०८१ बिहिबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
सर्लाहीमा झुन्डिएको अवस्थामा युवकको शव फेला
कात्तिक २३, २०८१ शुक्रबार
हिमाल हेर्दै घरबासमा रमाउँदै विदेशी पर्यटक
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
प्रस्तावित न्यायाधीश निरौलाको सुझाव, न्यायपालिका सुधार्न एउटा अनुगमन र निगरानीको संयन्त्र बनाउ
कात्तिक २३, २०८१ शुक्रबार
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङे भन्छन, म कतै भागेको छैन, सर्वोच्चबाट पूर्णपाठ आएपछि आफै अदालत हाजिर हुन्छु
कात्तिक २३, २०८१ शुक्रबार