मेक्सिकोमा अन्धाधुन्ध गोली चल्यो, १३ जनाको मृत्यु
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ७, २०७६ शनिबार १९:५४:३६
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
मेक्सिको । मेक्सिकोको पूर्वी राज्य भेराक्रुजको एक पार्टीमा अपरिचित बन्दुकधारीले चलाएको गोली लागेर एक बालक सहित १३ जनाको मृत्यु भएको छ ।
सार्वजनिक सुरक्षा निकायले पारिवारिक पुनर्मिलनको पार्टी चलिरहेको समयमा “एल बेकी” नाम गरेका स्थानीय बार सञ्चालकको खोजीमा आएको एक बन्धुकधारी समूहले अन्धाधुन्ध गोली चलाएको जनाएको छ ।
गोली लागेर सात जना पुरुष, पाँच जना महिला र एक बच्चाको मृत्यु भएको छ भने चार जना घाइते भाएका छन् । गोली प्रहार गर्नुको कारण अद्यापी थाहा हुन सकेको छैन, तर भेराक्रुजमा संगठित अपराध र बन्दुक हानाहानका हिंसात्मक घटना बारम्बार हुने गरेका छन् । यस्तो भिडन्त सामान्यतया लागूपदार्थका तस्करहरुबीच हुने गरेको प्रहरीले जनाएको छ ।
मेक्सिकोका तत्कालीन राष्ट्रपति फेलिपे काल्डेरोनले लागूपदार्थका तस्करविरुद्ध सन् २००६ देखि आक्रामक कारबाही थालेयता तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
यसैबीच, कजाकस्तानमा शनिबार बिहानै भएको एक बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु
असार १८, २०८१ मंगलबार
हवाई अड्डामा आक्रमण गरी पाँच युक्रेनी जेट विमान नष्ट गरेको रुसको दावी
असार १८, २०८१ मंगलबार
श्रीलंकाले द्विपक्षीय ऋण सम्झौताबाट पाँच अर्ब डलर बचाउने
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्रीले नै वैकल्पिक सरकार बनाउन खोजेपछि यो कदम चालिएको हो : ज्ञवाली
असार १८, २०८१ मंगलबार
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
असार १८, २०८१ मंगलबार
उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु
असार १८, २०८१ मंगलबार
गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा
असार १८, २०८१ मंगलबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक प्रमाणीकरण
असार १८, २०८१ मंगलबार