केजिएफका नायकको डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमा गोर्खा वारियरको स्वराँकन
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १३:४२:५९
९ माघ, काठमाडौं । आगामी ११ फागुनबाट नेपालमा रिलिज हुने ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियर अहिले चार भाषामा तयार भईरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अङ्ग्रेजी र कोरियन भर्सन तयार गर्ने क्रम पनि अन्तिम चरणमा पुगेको छ । यो चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
यसै क्रममा गोर्खा वारियरको हिन्दी सँस्करणको स्वराँकन कार्य मुम्बईमा अन्तिम चरणमा पुगेको छ । यो चलचित्रको मुख्य नायक रितेस चाम्सको हिन्दी संस्करणको स्वराँकन भारतका चर्चित डविङ आर्टिष्ट सचिन गोलेले गरिरहेका छन् । सचिन ति कलाकार हुन, जसले दक्षिण भारतीय फिल्म केजीएफका लागि अभिनेता यशको हिन्दी संस्करणको स्वराँकन गरिसकेका छन् ।
केजीएफको च्याप्टर वान र टु हिन्दी सँस्करणमा नायक यशको स्वराँकन सचिन गोलेले गरेका कारण पनि हिन्दी सँस्करणको स्वराँकन निकै प्रभावशाली बनेको थियो । तिनै कलाकारले यतिबेला अभिनेता रितेश चाम्सको हिन्दी भाषाको स्वराँकन गरेको यो चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । यही चलचित्रबाट नायकको रुपमा रितेशले शिर्ष भूमिकामा डेब्यु गरेका हुन् ।
यो चलचित्रको हिन्दी सँस्करणमा अरु कलाकारको स्वराँकन पनि डिज्नीलगायत विभिन्न हलिउड तथा दक्षिण भारतीय फिल्मको स्वराँकन गर्ने भारतीय डविङ आर्टिष्टको स्वरमा डविङ गर्ने कार्य तिब्रगतिमा भईरहेको निर्देशक चाम्सले जानकारी गराएका छन् । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत समेत रहेको छ । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
हालैमात्र पहिलोपटक बेलायतमा ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्र गोर्खा वारियरले ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ 'बाफ्टा' अवार्डका लागि हालै प्रारम्भिक चरणको सूचीमा प्रवेश पाएको छ । यो सँगै गोर्खा वारियर अन्तराष्ट्रिय रुपमै लोकप्रिय हुँदैछ ।
यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
यो चलचित्रमा दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको सँघर्षको कथा समेटिएको छ । सँसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको सँघर्षमा आधारित गोर्खा वारियरले उनीहरुको युद्धसँगै पारिवारिक कथालाई पर्दामार्फत विश्वका दर्शकमाझ पु¥याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ९, २०८१ बुधबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार