फेदीखोला गाउँपालिकामा ‘हातमा होइन खातामा’ कार्यक्रम सुरु
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १३:५६:१०
९ माघ, स्याङजा । फेदीखोला गाउँपालिकासहित भित्रका विद्यालयमा अध्ययन गर्ने प्रत्येक विद्यार्थीको बैङ्क खाता खोल्ने कार्यक्रम सुरु गरिएको छ । प्राइम कर्मर्सियल बैङ्कसँगको सहकार्यमा ‘आजलाई होइन भोलिलाई, हातमा होइन खातामा’ अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत पालिकाले १०० रूपैयाँ र बैङ्कले १०० रुपैयाँगरी विद्यार्थीको खातामा २०० रुपैयाँ जम्मा गर्ने फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जनाएको छ । सानै उमेरदेखि वित्तीय साक्षरताबारे ज्ञान दिने उद्धेश्यले अभियान सुरु गरेको उनले बताए ।
बचत गर्ने बानीको सुधार, बालबालिकाको सुनौलो भविष्यको आधार भन्ने नाराका साथ फेदीखोला गाउँपालिकाले अध्यक्ष सुवेदीले बताए । उनले भने, ‘हातमै पुग्दा उतिखेरै अनावश्यक ठाउँमा खर्चिने प्रबल सम्भावना हुने र बैंङ्किङ प्रणालीमा जाँदा विद्यार्थीको वित्तीय भविष्य उज्जवल हुने छ ।’
गाउँपालिका, विद्यालय, संघसंस्था, अक्षयकोषदाता लगायतका विभिन्न स्रोतमार्फत आउने छात्रवृत्ति एवम् सहयोग रकम विद्यार्थीको खातामा जम्मा गर्दा बचत गर्ने बानीको विकास हुने पालिकाले जनाएको छ । साथै अभिभावकले गर्ने खर्चको केही रुपिया अनिवार्य आफ्ना छोराछोरीको खातामा छुट्याउनुपर्ने जनाएको छ ।
अभियान सिद्धार्थ माध्यमिक विद्यालयमबाट सुरु गरिएको हो । कक्षा ९ का ५५ जना विद्यार्थीहरुको खाता खोलेर अभियान गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार