जुम्ला-मनाङ जोड्ने सडकको ग्राबेल गरिँदै
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १४:४०:७
९ माघ, जुम्ला । जुम्ला-डोल्पा हुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरिएको सो कार्यालयका प्राविधिक कृष्ण महतले जानकारी दिए ।
गर्ज्याङकोट खोडेखोलादेखि गुठीचौरको लाग्ना सम्म दुई किलोमिटर सडक ग्राबेल भएको छ । बर्खा सिजनमा हिलाम्यहुने र गाडी डुब्ने ठाउँमा पहिलो चरणमा ग्राबेल भएको कार्यालयका फिल्ड प्राविधिक महतले बताए । ग्राबेल भएको सडकमा गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरी नेतृत्वले टिमले अनुगमनसमेत गरेको छ ।
सडक ग्रोबल भएपछि पर्यटकीय क्षेत्र गुठीचौर सम्म जाने सडक बाह्रै महिना सञ्चालन हुने गाउँपालिका अध्यक्ष बुढाले बताए । यो सडक खण्डमा बर्खामा मानिसलाई हिँड्न गाह्रो हुन्थ्यो, ग्राबेल भएपछि सहज भएको उनको भनाइ छ । गुठीचौर घुम्न आउने आन्तरिक पर्यटकलाई राहत पुग्ने गरी काम भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरीले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालयले जिम्मेवारी पाएको १४ किलोमिटर सडकलाई यसै वर्षभित्र ग्राबेल गर्ने गरी काम गरिने कार्यालयले जनाएको छ । पञ्चवर्षीय योजना अन्तर्गत तीन वर्ष बितिसकेको छ । ३२ करोड रूपैयाँको बोलपत्र आह्वान भएकोमा कानका सुन्दरी निर्माण सेवा कम्पनीले १७ करोड रुपैयाँमा १४ किलोमिटर सडक ग्राबेल गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयमा सूचना अधिकारी टेकबहादुर हितानले बताए ।
जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माणले गति लिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर रूपमा अगाडि बढेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर छ । थप सडक निर्माण र स्तर वृद्धिका लागि बजेटको अभावले काम गर्ने कठिन भएको कार्यालय प्रमुख विष्टको भनाइ छ ।
जुम्ला-डोल्पा सडकमा चार स्थानमा पक्की पुल निर्माण गर्ने डिपिआर निर्माण भए पनि रकम अभावले ठेक्का खोल्न सकिएका छैनन् । कच्ची सडक खनेपछि भने त्यस क्षेत्रमा मालबाहक ट्र्याक्टर तथा साना सवारी गुडिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार