जहाँ कार्यालय सहगोगीकै भरमा चल्छन् विद्यालय
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १७:४८:४३
९ माघ, सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका आधा दर्जनभन्दा बढी विद्यालय बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् । आधारभूत तहलाई अनिवार्य, नि:शुल्क र गुणस्तरीय शिक्षामा जोड दिइरहेकाे रहेको बताइए पनि शिक्षक अभावमा विद्यार्थी पढ्न वञ्चित हुँदै आएका छन् ।
बनगाड कुपण्डिे नगरपालिका २ मा रहेको भगवती प्राथमिक विद्यालय बाहुनगाउँ ३ मा रहेको जनता प्रावि खरिक, वडा नम्बर ४ मा रहेको बाललीला प्रावि देउली, वडा नम्बर ९ मा रहेको काफलगैरी प्रावि सेरा, वडा नं १० मा रहेको प्रेमज्योति प्रावि पराजुल र वडा नं १२ मा रहेको दलीत प्रावि ताल लगायतका विद्यालय शून्य दरबन्दी हुँदा बालवकिास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन् ।
सेरामा बालवकिास र कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कक्षा १-३ सम्म सञ्चालन भएको उक्त विद्यालयमा २२ जना विद्यार्थी छन् । बाहुनगाउँ पनि कक्षा १-३ चलेको छ जसमा २४ जना विद्यार्थी रहेको रञ्जना आचार्य शर्माले बताइन । बालविकास र कार्यालय सहयोगीले पढाइ रहनुपरेको उनले बताइन् ।
खरिकमा ३२ जना विद्यार्थी छन् जसमा दुई जना निजी शिक्षक र कार्यालय सहयोगीले पढाइरहेका छन् । पराजुलमा २५ जना विद्यार्थी छन् जसमा बालविकास र कार्यालय सहयोगीले पढाइरहेका छन । यी सबै विद्यालय बालविकासदेखि ३ कक्षासम्म चलिरहेका छन् ।
नगर प्रमुख कणर्बहादुर बुढाथोकीले शिक्षामा आफ्नो पहिलो प्राथमकिता राखेको त्यस्तो ठाउँमा छिट्टै शिक्षक व्यवस्थापन गर्ने बताए सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ७ का वडाअध्यक्ष जीवन शाही ठकुरीको संयोजकत्वमा विद्यालय अनुगमन, व्यवस्थापन, दरबन्दी मिलान, विद्यालय समायोजन लगायतका काम गर्ने समिति बनेको र उक्त समितिको प्रतिवेदनअनुसार काम अघि बढाउने उनको भनाइ छ ।
प्रतिवेदनमा आएको निष्कर्षअनुसार दरबन्दी मिलान गरेर थप दरबन्दी थपघट गरे शिक्षामा सुधार ल्याउने नगरप्रमुख बढाथोकीले बताए ।
जिल्लामा ४३९ सामुदायिक विद्यालय रहेकोमा दरबन्दी र राहत गरेर १ हजार ६०२ जना मात्र शिक्षक रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार