सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न सकिने
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १८:४:१६
९ माघ, काठमाडौं । सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै टिपाउन सकिने भएको छ । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने सुविधा सञ्चालनमा ल्याएको हो ।
सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरी अनलाइन गुनासो लिन सुरु गरिएको मन्त्रालयका उपसचिव एवं इकाईका संयोजक रमेश पाण्डेयले जानकारी दिए । मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकनमा क्लिक गरेर वा सोझै गुनासो दर्ता गर्न सकिन्छ ।
प्राप्त गुनासोको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने संयोजक पाण्डेयले सुनाए ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकामा नेपालमा सामाजिक सञ्जालको रूपमा सञ्जालनमा रहेका सबै प्लटेफर्मलाई तीन महिनाभित्र सूचीकरण गर्न निर्देशन दिइएको छ ।
सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएपनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । प्लेटफर्मले तोकेको सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने संयोजक पाण्डेयले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार