चिनियाँ बिआरआई ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार २०:१५:१
९ माघ, वीरगन्ज । चिनको विरोधमा वीरगन्जमा प्रदर्शन गरिएको छ । चिनिया महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागी ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन गरिएको हो । राष्ट्रिय एकता अभियान, बिरगंजले चिनियाँ ऋणजाल विरुद्ध सचेतना रैली निकाल्दै प्रदर्शन गरेको छ ।
अभियानका राष्ट्रिय विद्यार्थी परिषदका संयोजक विवेक कुशवाहाको नेतृत्वमा गरिएको बिरोध प्रदर्शनमा पोखरा बिमानस्थललाई ऋणजालबाट मुक्त गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर,नेपाल–चिन बिच भएको बिआरआई सम्झौता खारेज गर,चिनियाँ हस्तक्षेप बन्द गर लगाएका चिन बिरोधी नारा लगाइएको थियो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलको चिनियाँ ऋण अनुदानमा परिणत गरियोस भन्दै मुख्य माग सहित निकालिएको रैली बिरगंजको माइस्थान मन्दिर अगाडिबाट सुरु भइ नगरपरिक्रमा गरी घण्टाघरमा पुगेपछि कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्याशित रुपमा बढेको चिनिया सक्रियताले मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा परेको आरोप लगाएका थिए । संयोजक यादवले आर्थिक सहयोगको बहानामा देखिएको चिनको सक्रियता र सहयोग दुवै नेपाल र नेपाली जनताको भविष्य खतरामा डुब्दै गएको बताउँदै राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न ठूलो आवश्यकता रहेको बताए ।
उहाले आउने समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि चिनले दिएको सहयोग नेपालको लागी ठूलो ऋणजाल सबित हुने ठोकुवा गरे । संयोजक यादवले पोखरा विमानस्थलमा देखिएको आर्थिक खाटापुर्तिको बहानामा चिनियाँ सेना पोखरामा ल्याउने ठुलो खेल भइरहेको आरोप समेत लगाएका थिए । नेपालको सार्वभौमसत्ता माथि बढ्दै गएको खतराबाट समयमै सचेत हुन सबै नेतालाई आफुहरुले पटक पटक अनुरोध र आह्वान गर्दै आएपछि घैटोमा घाम नलाग्नु दुखको कुराभएको सहयोजक यादवको भनाइ थियो ।
यादवको भनाइमा समर्थन गर्दै अन्य वक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसंग गरेको बिआरआई सम्झौता अबिलम्ब खारेजीको मांग गरेका थिए । कार्यक्रमका अरु बक्ताहरुले राष्ट्रिय स्वाधीनताको महत्व,मुलुकमा देखिएको आर्थिक तरलता र बीआरआई आर्थिक सहयोग भन्दा पनि मुलुकको लागी ठुलो ऋण जाल भएको कुरामा जोड दिएका थिए ।
वक्ताहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट भविष्यमा हुने ठुलो आर्थिक नोक्सानीबाट जोगीन अहिलेको मुख्य आवश्यकता रहेको बताएका थिए । कार्यक्रमका अध्यक्ष विद्यार्थी नेता कुशवाहाले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै तराईमा बढदै गएको चिनीयाँ सक्रियताबाट सचेत हुन मधेस प्रदेश सरकारका मन्त्रि लगायत सबै नेताहरूलाई आहवान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार