मान्छेलाई कुन कुन कुराले आकर्षक बनाउँछ ? थाहा पाउनुस
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार २०:३३:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/life_OeraYRffrY_kTMDRKjLHo.jpg)
९ माघ, काठमाडौं । के तपाईले याद गर्नु भएको छ, मान्छेलाई के कुराले आकर्षक बनाउँछ ? तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो व्यक्तिले सम्झिरहन्छ । यसबाहेक तपाईंसँग त्यस्तो के कुरा हुनसक्छ जसले अरुको हृदय स्पर्श गर्छ ? अरुको मन लोभ्याउँछ ?
अमेरिकामा यही सेरोफेरोमा एउटा सर्वेक्षण गरिएको थियो । त्यसमा एउटा साझा प्रश्न सोधिएको थियो, ‘मान्छेको लुक्स 'आवरण' बाहेक अरु के-कस्ता गुणले लोभ्याउँछ ?’
घर, गाडी जस्ता भौतिक सफलता आफूहरुलाई लोभ्याउनेमध्ये सबैभन्दा तल्लो तहको गुण भएको सहभागीहरुको राय थियो । बरु आफ्नो पार्टनरको कुरामा सहमति जनाउने, खुलेर बोल्ने, बुद्धिमानी जस्ता गुणलाई उनीहरुले शारीरिक आकर्षण भन्दा उच्च श्रेणीमा रहेको बताए ।
यस सर्वेक्षणमाथि टिप्पणी गर्दै अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक गै्रग वेबस्टर भन्छन्, ‘यस किसिमको सर्भेमा मान्छेहरु यस्तो जवाफ दिने प्रयास गर्छन् कि जसलाई अरुले राम्रो मान्छ । त्यसैले यस्तो सर्भेले वास्तविक सत्य भने उजागर नहुन सक्छ ।’
मनोवैज्ञानिक डाक्टर पूजा शिवम जेट्ली भन्छिन्, ‘सुरुवाती आकर्षण मान्छेको आवरणमा नै हुन्छ । यद्यपि यो मान्छेको हेराइमा पनि फरक पर्छ ।’ ‘तपाईं कस्तो देखिनुहुन्छ ? तपाईंप्रति कसैले धारणा बनाउने त्यो एउटा पहिलो बिन्दु हुनसक्छ । तर लामो समयसम्म कसैको सुन्दरता वा आवरणले लोभ्याइरहन सक्दैन ।’
तपाईंको व्यक्तित्व, तपाईंको आवश्यक्ता र तपाईंले दुनियाँलाई कसरी हेर्नुहुन्छ भन्ने कुराले यसको निर्धारण गर्छ । पहिलो झलकमै मन परेको हुनसक्छ तर त्यसबेला आपसमा कुराकानी भएको छैन भने पछि त्यही कुराले मतभेद ल्याउन सक्छ । आफ्नो पार्टनरको कुरा सुन्नु र आपसमा सहमति बनाइराख्नु कुनैपनि सम्बन्धलाई दिगो राख्ने एउटा महत्वपूर्ण सर्त हो ।
आवरण वा सुन्दरताको कारण तपाईंलाई कुनै व्यक्ति मन परेको होला । तर उनले तपाईंको कुरालाई कति पनि महत्व दिंदैन भने तपाईंले उनलाई मनपराइरहनु हुन्छ त ? कुनैपनि मान्छेको व्यक्तित्व मापन गर्नु सजिलो काम होइन । दशकौंदेखि साइकोमेट्रिक टेस्टमा मान्छेसँग यस्ता थुप्रै प्रश्न सोधिएको छ ताकि उनीहरुको व्यक्तित्वको बारेमा थप जानकारी प्राप्त होस् ।
बिहेवियर एक्सपर्ट एवं लाइफ कोच आस्था दिवान भन्छिन्, ‘एउटा मान्छेको व्यक्तित्व केही कुरा मिलेर बनेको हुन्छ । तपाईंसँग कति सहज रुपमा कुराकानी गर्न सकिन्छ ? यो महत्वपूर्ण छ ।’ कुराकानी गरिरहँदा तपाईंले दोस्रो व्यक्तिलाई बोल्न दिनुहुन्छ ? तपाईंको रुचि के हो, विचार कस्तो हो, जीवनको मूल्य के हो, आत्मविश्वास कस्तो छ ? यी तमाम कुरा व्यक्तित्वको एक अहम् हिस्सा हो ।
तपाईंले यो पनि सुन्नुभएको होला, ‘विपरीत आकर्षण’ भनेको दुई व्यक्ति जो एकअर्काबाट पूर्णतया फरक छन्, उनीहरु पनि आपसमा आकर्षित हुन्छन् । किनभने व्यक्तित्वमा हुने भिन्नताले पनि मान्छेलाई आकर्षित गर्छ ।
त्यसो त मान्छेले यस्तो साथी खोजी गरिरहेका हुन्छन्, जो ऊसँग पहिलेदेखि नै परिचित छन् । जसको व्यक्तित्व, जीवनशैली र सामाजिक समूह मेल खान्छ । यो आकर्षणको आधारभूत सिद्धान्त हो । यसमा आस्था दिवानको टिप्पणी छ, ‘कहिलेकाहीं मान्छेले आफ्नो समान साथी खोज्छ । कहिले आफूभन्दा अलग खोज्छ । यो मान्छेको प्रवृत्ति हो ।’
खासगरी तपाईंको विचारमा, गुणमा, रोजाइमा समानता छ भने तपाईंहरु आपसमा तुरुन्तै जोडिनुहुन्छ । कुनैपनि सम्बन्धलाई दिगो बनाउन एकसाथ रहेर पनि आ आफ्नो मूल्यमान्यतालाई डोहोर्याउन सक्ने अनुकूलता हुनु हो ।
मान्छेले सधैं आफ्नो समानता खोज्छ भन्ने होइन । कहिलेकाहीं आफूभन्दा निकै फरक व्यक्तित्वलाई पनि मन पराउँछ । यदि दुवैले एकअर्काको आवश्यक्ता पूरा गरिदिन्छ भने ।
सम्बन्धका लागि दोस्रोको आकर्षण गुणका साथै सहमति बनाइराख्नु निकै महत्वपूर्ण हुन्छ । ग्रेग वेबस्टरले सामाजिक मनोवैज्ञानिक एंगेला ब्रायन र अमैन्डा महाफ्फीसँग मिलेर मान्छेको व्यक्तित्वको तीन गुणमाथि शोध गरेका थिए ।
यी तीन गुण थियो, मान्छेसँग शारीरिक रुपले आकर्षित हुनु । दोस्रो, आर्थिक रुपले प्रभावशाली हुनु । तेस्रो, एकआपसमा सहमति बनाइराख्नु । मान्छे सम्बन्धमा होस् वा नहोस्, तर मान्छेहरु यो कुरा आवश्य चाहन्छ कि उनको पार्टनर सामाजिक, शारीरिक र आर्थिक रुपले प्रभावशाली होस् । तर धेरैजसो मान्छेले यो कुरालाई स्वीकार गर्दैन । त्यही प्रभुत्व उनीहरुको सम्बन्धमा पनि तगारो बन्न पुग्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
के तपाई कपालमा ड्रैन्ड्रफ भएर हैरान हुनुहुन्छ ? यी घरेलु उपचार गर्नुहोस्
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार