प्रदेश र संघ सरकारले बजेट नदिँदा कभर्ड हल निर्माण अधुरै
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार २०:४७:२०
९ माघ, चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका २ स्थित निमार्णाधीन कभर्ड हल बजेट अभावले सम्पन्न हुन सकेको छैन ।
विसं २०७४ देखि निर्माण थालिएको उक्त कभर्ड बजेट अभावका कारण काम पूरा हुन नसकेको वडा नम्बर २ का वडाअध्यक्ष पदमसिंह रावलले जानकारी बताए । ‘कभर्ड हल निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट केही बजेट आए पनि रकम अभाव हुँदा निर्माणले पूर्णता पाउन सकेको छैन’, उनले भने ।
वडाध्यक्ष रावलले कभर्ड हल निर्माणमा अझै ४० लाख रूपैयाँ रकम लाग्ने अनुमान गरिएको बताए । उनले आफूले नगरपालिकाबाट बजेट विनियोजन गर्न माग गरेपनि ठूलो रकम भएकाले बजेट विनियोजन नभएको जानकारी दिए । ‘कभर्ड हलको छाना मात्रै छ त्यस बाहेक अन्य काम बाँकी छन,’ उनले भने, ‘नगरपालिकासँग प्रयाप्त बजेट नहुनु र अन्य निकायबाट बजेट नआउँदा निर्माणले पूर्णता पाउन नसकेको हो ।’
दोधारा चाँदनी नगरपालिकाका इन्जिनियर दीपेन्द्रराज भट्टले सुरुवातमा खेलकुद मन्त्रालयबाट खेलमैदान तथा कभर्ड हल निर्माणका लागि १० लाख रुपैयाँ बजेट आएको जानकारी दिए । ‘१० लाख रकमबाट जग हाल्नेदेखि चार फिट पर्खाल निर्माण गर्ने काम गरियो । त्यसपछि लामो समयसम्म बजेट अभाव भएपछि काम रोकिएको छ’, उनले भने। आर्थिक वर्ष २०७७/७८ मा ५० लाख रुपैयाँ बजेट विनियोजिन भएर थप काम अघि बढेपनि रकम पर्याप्त नहुँदा हलले पूर्णता पाउन नसकेको भट्टको भनाइ थियो ।
यस क्षेत्रका खेलाडीका लागि महत्वपूर्ण संरचनाका रुपमा हेरिएको कभर्ड हल नबन्दा स्थानीय खेलाडी समस्यामा परेका उनीहरूको गुनासो छ । खेलाडी नरेश जोशीले भने, ‘हल निर्माण हुँदा खेल अभ्यास गर्नका लागि सहज हुन्छ भन्ने लागेको थियो । काम अलपत्र हुँदा निर्माण भएको खण्ड पनि जीर्ण बन्दै गएको छ ।’
अहिले खेलाडीले अधुरै रहेको कभर्ड हलमा खेल अभ्यास गरिरहेको जोशीले बताए । उनका अनुसार उक्त हलका लागि वडा कार्यालयले विद्युत उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
राष्ट्रपतिबाट जारी भयो सहकारीसम्बन्धी अध्यादेश, अब सहकारी नियमन आयोग गठन हुने
पुष १४, २०८१ आइतबार
खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्नेः मन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार
अदुवा प्रशोधन गर्नका लागि तयारी थाल्दै
पुष १४, २०८१ आइतबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार