नगरप्रमुखले भने–नदी उत्खनन्लाई रोक्नु हुँदैन
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार २१:४३:१६
९ माघ, महोत्तरी । पछिल्लो समय बर्दिवासस्थित रातु नदीमा अनुचित उत्खनन् भएको भन्दै चर्को विरोध भइरहेको वेला बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने उत्खनन्लाई रोक्न नहुने प्रतिक्रिया दिएका छन ।
नगर प्रमुख क्षेत्रीले नदीको उत्खनन मापदण्डअनुसार नै भइरहेको बताएका छन । ‘मापदण्ड अनुसार नै नदी उत्खनन भइरहेको छ,’ प्रमुख क्षेत्रीले भने, ‘विगतमा दोहन गरेर खान पल्केकाहरूले मात्र विरोध गरेका हुन ।’ बर्दिवासस्थित वडा नम्बर ३ मा रहेको जनजागृति माध्यामिक विद्यालयको स्वर्ण जयन्तीमा बोल्दै नगर प्रमुख क्षेत्रीले आफूलाई घेराबन्दी गर्न खोजेता पनि त्यसलाई तोड्ने दाबी गरे ।
अघिल्लो सरकारलाई संकेत गर्दै विगतमा भएका बेथितिहरूलाई सच्याउँदै अगाडी बढेको पनि क्षेत्रीको भनाइ छ ।
नगर प्रमुख क्षेत्रीले २०८४ को निर्वाचनको समेत आफू उम्मेदवार रहने खुलासा गरे । यसै क्रमा चुनाव वेला प्रतिस्पर्धा गर्न उनले राजनीतिक दलहरूलाई चुनौती दिएका छन । पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा जितेका क्षेत्री केही समयअघि नेपाली कांग्रेसमै फर्किएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
विभिन्न कार्यक्रम आयोजना गरी विश्व माटो दिवस मनाइँदै
मंसिर २०, २०८१ बिहिबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार