सन् २०२३ मा इजराइलको वैदेशिक व्यापारमा सङ्कुचन
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार २३:५९:१२
९ माघ, तेल अविव 'इजराइल' । इजराइलको केन्द्रीय तथ्याङ्क ब्यूरो 'सिबिएस' ले सन् २०२२ को तुलनामा सन् २०२३ मा मुलुकको विदेशी व्यापारको रिपोर्ट दिएको छ ।
सन् २०२३ मा इजराइलबाट सामानको निर्यात 'हीराबाहेक'० सबैभन्दा बढी हुने देशहरूमा मोरक्को, इजिप्ट, हङ्गेरी, रोमानिया, उरुग्वे, लिथुआनिया, हङकङ र पोल्यान्ड थिए । यसको विपरीत इजराइलबाट निर्यातमा सबैभन्दा धेरै कमी भएका मुलुकहरूमा मलेसिया, अल्बानिया, ताइवान, फ्रान्स, टर्किए, क्यानाडा र संयुक्त अधिराज्य थिए ।
इजराइलमा सामानको आयात 'हीराबाहेक' मा सबैभन्दा धेरै कमी आएका मुलुकहरूमा पाराग्वे, नर्वे, रुसी सङ्घ, उरुग्वे र ब्राजिल थिए । यसको विपरीत सबैभन्दा आयातमा धेरै वृद्धि भएका मुलुकमा नामिबिया, जाम्बिया, दक्षिण अफ्रिका, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स थिए ।
इजराइलको सबैभन्दा ठूलो व्यापार बचत 'हीराबाहेक' भएका मुलुकहरूमा अमेरिका, आयरल्यान्ड, ब्राजिल, भारत, स्लोभेनिया र साइप्रस थिए । त्यस्तै इजराइलको सबैभन्दा धेरै व्यापार घाटा 'हीराबाहेक' भएका मुलुकहरूमा चीन, स्विट्जरल्यान्ड, जर्मनी, टर्किए र इटाली थिए ।
इजराइलमा सन् २०२३ मा वस्तुहरूको निर्यात कूल दुई खर्ब ३४ अर्ब ८० करोड सेकेल ९६५ अर्ब अमेरिकी डलर० थियो । यो सन् २०२२ को तुलनामा आठ अर्ब ९० करोड सेकेल 'तीन अर्ब ५० करोड अमेरिकी डलर अर्थात तीन दशमलव सात प्रतिशत' ले कम हो ।
त्यस्तै वस्तुहरूको आयात कूल तीन खर्ब ३७ अर्ब ७० करोड सेकेल '९२ अर्ब अमेरिकी डलर' भएको छ । यो सन् २०२२ को तुलनामा २४ अर्ब सेकेल 'छ अर्ब ५० करोड अमेरिकी डलर अर्थात छ दशमलव छ प्रतिशत' ले कम हो । समग्रमा वस्तुहरूको कूल व्यापार घाटा एक खर्ब दुई अर्ब ९० करोड सेकेल '२८ अर्ब अमेरिकी डलर' भएको छ । यो सन् २०२२ को तुलनामा १२ दशमलव आठ प्रतिशतले कम हो ।
इजराइलको युरोपेली मुलुकहरूतर्फ वस्तुहरूको निर्यात नौ दशमलव सात प्रतिशतले घटेको छ भने युरोपेली युनियन 'इयु' बाट वस्तुहरूको आयातमा १२ दशमलव आठ प्रतिशतले कमी आएको छ । अक्टोबरमा सुरु भएको गाजा युद्धले उत्पादन र कृषि दुवैमा स्थानीय उत्पादनलाई प्रतिकूल असर गरेको र युद्धले आयातित सामानहरूको मागलाई पनि घटाएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० जना बेपत्ता
असोज १२, २०८१ शनिबार
लगातार वर्षा हुँदा माथिल्लो मनाङमा हिमपात, जनजीवन प्रभावित
असोज १२, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने, बादल फाट्न केही दिन लाग्ने
असोज १२, २०८१ शनिबार