कालीमाटीमा एककिलाे लाेकल गाेलभेँडालाई २० रूपैयाँ !
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार ८:५६:३६
माघ १०, काठमाडाै । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अंगुरको न्यूनतम् मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रूपैयाँ दर्जन, अनार २५०, किवी ३००, एभोकाडो २५०, अमला ८० र स्ट्रबेरी भुइऐँसेलु ३०० रूपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५०, लोकल सानो गोलभेँडा २०, अदुवा १७०, रातो आलु ३३, रातो भारतीय आलु २८ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रूपैयाँ प्रतिकेजी कायम भएको छ।
लोकल गाजरको न्यूनतम् मूल्य प्रतिकेजी ३० रूपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, लौका ६०, लोकल सेतो मूला १० र रातो मूला १५, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो ६० र हरियो डल्लो फर्सी ५० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ४० र रायोको साग ३० रूपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ९० र जिरीको साग ८० रूपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ९० र पुदीना २८० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ७०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १००, नेपाली सुकेको लसुन २६० रूपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी ११०, र हरियो धनियाँ ९० रूपैयाँ पाइने समितिले जनाएको छ।
उता, ताजा छडी माछा २४० रूपैयाँमा कारोबार हुँदा बचुवा माछा २७०, रहु माछा ३६० र मंगुरी माछा ३०० रूपैयाँमा किनबेच भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
दशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार