कति छ आजकाे डलर भाउ
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार ९:५५:९
१० माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । लगातार ३ दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज बढेको हो । जसअनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्री दर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार १४ पैसाले डलरको भाउ बढेको हो ।
यसअघि अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ६१ पैसा र बिक्री दर १३३ रूपैयाँ २१ पैसामा कारोबार भएको थियो । यसै गरी आज १३ पैसाले घटेको छ । बुधबार युरो एकको खरिदमा १४४ रूपैयाँ २१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।
मंगलबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९९ पैसा तोकिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिददर १६८ रूपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८७ रूपैयाँ ३२ पैसा र बिक्री दर ८७ रूपैयाँ ७१ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ ४८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९२ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९७ पैसा कायम हुँदा बिक्री दर भने ९ रूपैयाँ एक पैसा रहेको छ। चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ।
यसै गरी, बुधबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ४० पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ८ पैसा र बिक्री दर २८ रूपैयाँ २१ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्री दर ४३३ रूपैयाँ २२ पैसा र बहराइन दिनार एकको खरिद दर ३५२ रूपैयाँ १७ पैसा र बिक्री दर ३५३ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार