यू-१९ विश्वकप अन्तर्गत आज नेपालले पाकिस्तानको सामना गर्ने
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १२:१९:५१
१० माघ, काठमाडौं । जारी आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ : ४५ बजेदेखि सुरु हुँदै छ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो ।
अहिलेसम्म समुह डी मा न्यूजील्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । न्यूजील्याण्डले नेपाल र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई नै पराजित गरेको थियो । यस समुहमा नेपालले एक र अफगानिस्तानले २ खेलमा हार बेहोरेका छन् । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै छन् ।
यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
विश्वकप खेल्ने नेपाली टिम :
देव खनाल 'कप्तान', अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।
यस विश्वकपमा १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । समुह चरणमा एक अर्कासंग खेलेपछि हरेक समुहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् ।
त्यस्तै समुह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
पुष ११, २०८१ बिहिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार