एआईजी गौतमले गरेको पुरस्कार सिफारिसलाई आईजीपी अर्यालले रोकेपछि हल्चोकमा हलचल !
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १२:५०:४५
१० माघ, काठमाडौं । पुरस्कार छनौट समितिका एआईजी चन्द्रप्रकाश गौतमले सशस्त्र मुख्यालयमा बस्ने करिब एक सय जनालाई सिफारिस गरिएको पुरस्कार वितरण नभएपछि हल्चोकमा हलचल मच्चिएको छ । २३ औं वार्षिकोत्सव मनाउने मुख्यालयले पनि देशभरका विभागमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार दिदै आएकोमा एआईजी गौतमले मनोमानी ढंगले पुरस्कार सिफारिस गर्ने र हेडक्वार्टरमा मात्रै एक सय जनालाई सिफारिस गरेपछि आइजीपी राजु अर्यालले विना मापदण्ड पुरस्कार किन सिफारिस गरेको भन्दै रोकिदिएका हुन् ।
मुख्यालयले एआईजीकै नेतृत्वमा समिति बनाएर कर्मचारीको छनौट गरेको थियो । यसवर्ष आईजीपी राजु अर्यालले छनौटको जिम्मेवारी एआईजी चन्द्र प्रकास गौतमलाई दिएका थिए । तर उनले मनोमानी गरेर राम्रो गर्नेलाई भन्दा उनको सुराकी गर्नेलाई बढी पुरस्कृत गरि दिलाएका थिए । उनले आफ्नै पिए डीएसपी संजय अधिकारीलाई पुरस्कार दिलाएका थिए । उनको मानबश्रोत विभागबाट एसपी महेश अधिकारी पनि पुरस्कार पाउनेको राखिदिए ।
फिल्डमा खटिएर लामखुट्टेसँग पौठेजोरी खेल्ने र सीमामा तस्करसँग जुध्नेलाई छोडेर आफ्नै विभागमा बसेर हेडक्वार्टरमा तर मार्नेलाई पुरस्कार दिलाएका हुन् । ‘पुरस्कार पाउन राम्रो काम होइन पुरस्कार छनौट समितिको मान्छे चिनेको हुनुपर्ने र चाकडी गर्नु पर्ने रहेछ नत्र उनका विभागकाले मात्र कसरी पुरस्कार पाए’, फिल्डमा खटिएका एक अधिकृतले भने । गौतम अध्यक्ष रहेको समितिमा एसएसपी युवराज अर्याल सदस्य छन् । उनीहरूले आफू निकटलाई काखी च्यापेको बताइन्छ । देशभरका उजुरी गुनासोलाई डस्वीनमा हालेर बार्गेनिङमा उत्रिनेलाई पुरस्कार दिइएको भन्दै हेडक्वारमा गुनासो बढेको छ ।
पुरस्कार पाउन काम होइन चाकडी गर्नु पर्छ भन्दै खास काम गर्ने कर्मचारी निराश रहेको मुख्यालय श्रोत बताउँछ । ‘यसपटक आईजीपीले राम्रालाई पुरस्कार दिलाउन पहल नगरेको भन्दै गुनासो बढेको हो । ‘आईजीपीले राम्रो काम गर्नुभएको छ त्यसमा शंका छैन तर आफूलाई माया गर्ने फिल्डमा खटिएर आईजीपीको कामलाई सहयोग गर्ने भन्दा एआईजीको सुराकी गर्नेहरु पुरस्कृत भए’, एक अधिकृत भन्छन‘ भोलीका दिनमा यस्तो काम नदोहोरियोस ।’ यस्तै बार्षिकोत्सबमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार दिने सन्दर्भमा आईजीपी सचिवालय र मुख्यालयमा कार्यरत सबै कर्मचारीलाई ‘आइजी कमेन्डेसन’ दिन सिफारिस गरेपछि सो लफडा परेको हो ।
आईजीपी राजु अर्यालले संगठनबाट वितरण गरिने यो पुरस्कारको मापदण्ड के हो मुख्यालयमा बस्नु र सचिवालयमा कार्यरत रहनु मात्रै मापदण्ड हो ? सीमामा रातारात तस्करसँग लड्नेहरूलाई बाहिर राखेर यस्तो पुरस्कार सिफारिस गर्दा लाज लाग्नु पर्ने हो ? भन्दै सोमबार राती सो पुरस्कार रोकिदिएपछि मंगलबार विहान र साँझ हल्चोकमा खैलाबैला मच्चिएको थियो । मंगलबार रात्रीकालिन भोजमा भेट भएका अधिकृतहरूले पुरस्कार सिफारिस किन गरिएको हो किन बोलाइएको हो किन नदिइएको हो भन्दै आपसमा कुरा गरिरहेका थिए । उनीहरू मध्ये केही उपत्यका बाहिरका भए पनि ८५ प्रतिशत हेडक्वाटरका अधिकृत थिए । आफुहरुलाई पुरस्कार दिन्छु भनेर लिखित रुपमै नाम निकालेको तर नदिएको एक अधिकृतले बताए ।
१ सय बढिको नाम प्रकाशित गरे पनि ती नाम हेर्दा बदनाम पात्र रहेको पाइएको थियो । दार्चुला गणमा राशन कान्डमा परेका एसपी त्रिभुवन बिष्ट समेत पुरस्कृत हुने सुचिमा थिए । यस्तै संधै शक्ति केन्दको आडमा मनपरि गर्दै आएका एसएसपी दिपेन्द्र कुंवर देखि पहुँचवालाहरुनै देखिएका छन् । डीआईजी गणेश ठाडा, एसएसपी राजेन्द्र खड्का, प्रकाश बस्नेत ,एसएसपी होम ज्ञवाली युबराज अर्याल देखि सचिवालयका सबै अधिकृत सो सूचीमा थिए । तर नाम निकालेर पुरस्कार एकाएक रोकिएको भन्दै सशस्त्रमा असन्तुष्टि बढेको छ । सोमबार ४ बजेपछि मानवस्रोत विभागले ती नाम तयार पारेको थियो । ‘मानवस्रोत विभागका एआईजी र उनका सहयोगीले हेडक्वार्टरका फेला परेका जति सबैलाई पुरस्कार बाड्दै हिडेका रहेछन् आईजीपीले रोकिदिए’,एक अधिकृतले रात्रीकालिन भोजमा हाँस्दै भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार