अलपत्र पारेर भागेका ठेकेदार एक वर्षपछि काममा फर्किए
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १३:३४:२८
१० माघ, गलकोट (बागलुङ) । ठेक्का सम्झौता गरेको चार वर्षसम्म कालोपत्र गर्न नसकेका निर्माण व्यवसायी काममा फर्केका छन । दुई वर्षभित्रै कालोपत्र सक्नेगरी २०७६ साल असोज २८ गते सम्झौता भएको सडक अझै कालोपत्र हुन सकेको छैन ।
बागलुङ नगरपालिका ४ कुँडुले चोकदेखि मालिअलपत्र पारेर भागेका ठेकेदार एक वर्षपछि काममा फर्र्किएका–पञ्चकोट पुग्ने सडक निर्माण अलपत्र पारेर सम्पर्क विहीन भएका ठेकेदार एक वर्षपछि काममा फर्केका हन । तीन पटक म्याद थप्दासमेत १४ किलोमिटर सडक कालोपत्र नभएपछि सरोकारवाला निकायको निरन्तरको ताकेतापछि निर्माण व्यवसायी काममा फर्केको बताइएको छ ।
पूर्वाधारको काम सकेर ठेकेदार सम्पर्क विहीन हुँदा उक्त सडक एक वर्षदेखि अस्तव्यस्त बनेको थियो । ग्राभेल गरिएको सडकमा कालोपत्र नगर्दा यात्रुलाई धुलोले सास्ती बनाएको थियो । एक वर्षदेखि कालोपत्रको पर्खाइमा रहेको उक्त सडक निर्माणको जिम्मा पाएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि काममा फर्केको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार निर्माण व्यवसायीलाई पत्र पठाउँदा समेत काममा नफर्केपछि गत पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहवरमा निर्माण व्यवसायी र जनप्रतिनिधिबीच चैतभित्रै कालोपत्र गर्ने प्रतिबद्धता जनाएलगत्तै सडकको कामले गति लिएको हो ।
‘पुस ३ गते गरेको सहमति लगत्तै सडकको कामले गति लिएको पाइयो । अहिले उक्त सडकको पाङ्ग्रेखोलामा सय मिटर सडक ढलान गरेको छ,’ घिमिरेले भने, ‘ग्राभेलको बेसको कच्चा सामग्रीका लागिसमेत आवश्यक समन्वय गरेका छौँ ।’ काममा निकै ढिला भइसकेको बताउँदै अब सडक सम्पन्न नगरे कारबाहीको विकल्प नभएको उनले बताए । फागुनबाट कालोपत्र थाल्ने गरी कामको प्रगति भएको पाइएको उनले बताए ।
दुई वर्षदेखि कालोपत्रका लागि आवश्यक ग्राभेल (सव बेस) छरेर छाडेको सडकमा कालोपत्र नहुँदा दुर्घटनाको समेत जोखिम बढाएको थियो ।
गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत ३१ करोड रूपैयाँ लागतमा १४ किमी सडक कालोपत्र गर्न थालिएको भए पनि ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा सडक एक वर्षदेखि अलपत्र जस्तै बनेको थियो ।
दुई वर्षमा सकिने उक्त सडकको ठेक्का चार वर्ष बित्दासमेत ७६ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । उक्त सडकको सम्झौता मिति अन्तिम पटकलाई भन्दै आगमी चैत मसान्तसम्म म्याद थप गरिएको छ । एक महिनायता पहिरो पन्छाउने, उकालो र चिसो भएको स्थानमा ढलान गर्ने कार्य भइरहेको तथा ग्राभेलका लागि समेत आवश्यक कच्चा सामग्रीको सुनिश्चितता भएको निर्माण कम्पनीका फिल्ड इन्चार्ज रबिन चापागाईंले बताए ।
उनले भने, ‘कोरोना लगायतको समस्याले समयमै काम गर्न नसकेको हो । पूर्वाधारको काम सकिएको छ । उपकरणको सहायताले बेस बिच्छ्याएर कालोपत्र मात्रै गर्न बाँकी छ ।’ ग्राभेलका लागि आवश्यक कच्चापदार्थका लागि ओढारचौरमा समेत काम गरिरहेकाले फागुन पहिलो साताबाट कालोपत्रको काम थाल्ने जनाएको छ । ‘कालोपत्र गर्न धेरै समय लाग्दैन, हामी तयारीका साथ फिल्डमा आएका छौँ,’ उनले भने, ‘यस पटक जसरी पनि सडक सम्पन्न गरेर बुझाउँछौँ ।’
कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालापत्र गर्नका लागि तत्कालीन गण्डकी प्रदेशसभा सदस्यको सिफारिसमा बजेट विनियोजन भएको थियो । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजना अनुरुप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम थालिएको हो ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाका अनुसार सडक आठ मिटरको मापदण्डानुसार चौडा भइसकेको, एक मिटर नाली निर्माण र पाँच दशमला पाँच मिटर चौडा सडक कालोपत्र हुनेछ । निर्माण व्यवसायीलाई पत्र पठाएर ताकेता गरेपछि एक वर्षपछि व्यवसायी काममा फर्केका हुन् । उक्त सडकको ७६ प्रतिशत भौतिक प्रगति र ७४ प्रतिशत आर्थिक प्रगति भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार