पीएम कपमा पुलिस क्लबको लगातार पाँचौं जित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १३:३६:९
![](https://nepalbahas.prixacdn.net/media/albums/pm_MoDrSTcDIs_NUQp31FCdv.jpg)
१० माघ, काठमाडौं । नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लागतार पाँचौं जित हासिल गरेको हो ।
यस खेलमा मधेश प्रदेशले दिएको ९७ रनको लक्ष्य पछाएको पुलिस क्लबले १८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यसअघि मधेश प्रदेशले टस हारेर पहिला ब्याटिंग गर्दै २४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाएको थियो ।
मधेश प्रदेशका लागि कप्तान हरिशंकर शाहले २२, अरनिको यादवले २३ तथा अभिशेख तिवारीले ११ रन बनाए । यी बाहेक मधेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै नेपाल पुलिसका बलर सागर ढकालले सर्बाधिक ५ विकेट लिए भने ललित राजबंशीले ४ विकेट लिएका थिए ।
यो जितपछि पुलिस क्लबको ५ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै मधेश प्रदेशले भने तेस्रो हार बेहोरेको छ । मधेश प्रदेशको ७ खेलमा ८ अंक रहेको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।
अब पुलिस क्लबले शुक्रबार कर्णाली प्रदेशसँग टियु मैदानमा खेल्ने छ भने मधेश प्रदेशले बिहिबार टियु मैदानमा गण्डकी प्रदेशसँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार