तास खेलिरहेका १६ जना पक्राउ
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १५:२२:१६
१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिका ७ सिफलमा तास खेलिरहेको अवस्थामा १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । तनहुँ घर भएकी ५४ वर्षीया रुक्मा थापाको कोठामा तास खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट गद १ लाख ९३ हजार २ सय रूपैयाँ र ८ बुक ताससहित बरामद गरेको छ ।
यस्तै ओखलढुंगाकाे सिद्धिचरण नगरपालिका ११ मिलनचोकमा तास खेल्दै गरेको अवस्थामा ६ जना पक्राउ परेका छन् । सोही वडाका ५५ वर्षीय कोटिका बहादुर गिरीको माया होटलमा तास खेलिरहेको अवस्थामा गिरीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय २० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार