कांग्रेसको अभियानका लागि ७७ जना प्रतिनिधि चयन
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १५:३१:१०
१० माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचन लगत्तै सुरु गर्न लागेको ‘समुदायमा कांग्रेस’ अभियानका लागि ७७ जान केन्द्रीय प्रतिनिधि टनोट गरको छ । केन्द्रले छनोट गरेका प्रतिनिधिहरु १३ गतेदेखि नै परिचालित हुनेछन् । पार्टीले सबै जिल्लामा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि बनाएर जिम्मेवारी दिएको छ ।
माघ १३ गतेबाट २६ गतेसम्म कांग्रेसको पहिलो चरणको अभियान सञ्चालन हुँदैछ । माघ १३ देखि अभियान सुरु भएपनि यसको उद्घाटन भने माघ १६ गते हुनेछ । देशभरका ६ हजार ७४३ वटै वडामा माघ १६ गते सहिद दिवसको अवसरमा अभियान उद्घाटन हुनेछ भने २६ गते सुशील कोइराला स्मृति दिवसमा समापन हुनेछ ।
यसअघि माघ ७ गतेदेखि अभियान सञ्चालन गर्ने भनिएको थियो । तर, राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते परेकाले निर्वाचन सकिएपछि मात्र अभियान सुरु गर्न लागिएको कांग्रेस सूचना सञ्चार तथा प्रचार विभागमा प्रमुख मीन विश्विकर्माले जानकार दिए । कांग्रेसले सातै प्रदेशमा प्रतिनिधि तोकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार