गति जति छिटो हुन्छ, त्यति नै मधुमेहको जोखिम कम
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १५:४४:३
१० माघ, काठमाडौं । हिड्दा पनि मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । एक अध्ययनका अनुसार दिनमा करिव ४ किलोमिटर वा सो भन्दा बढी हिड्दा पनि मधुमेहको जोखिम कम हुने देखाएको छ ।
अध्ययनले जति छोटो गति, त्यति नै जोखिम कम हुने जनाएको छ अध्ययनका अनुसार तीव्र गतिमा हिड्दा रगतमा ग्लुकोजको स्तरलाई नियन्त्रण गर्न र इन्सुलिन प्रतिरोध कम गर्न मदत पुग्ने बताइएको छ ।
हिड्नु व्यायामको सबैभन्दा कम मूल्याङ्कन गरिएको रुप हो । तर एउटा नयाँ अध्ययनले हिड्ने गति, प्रकृति र स्वास्थ्यमा यसको प्रभाव बुझ्न मदत गर्नेछ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा उपलब्ध एक अध्ययन अनुसार प्रतिघण्टा वा सो भन्दा बढीको गतिमा हिड्दा मधुमेहको जोखिम कम हुने जनाएको छ ।
बेलायत र इरानका अन्वेषकहरूले गरेको अध्ययनले ४ किमी –घण्टा भन्दा माथिको गति जति छिटो हुन्छ, त्यति नै जोखिम कम हुने देखाएको छ । यसलाई प्रत्येक १ किलोमिटरको गति वृद्धिले ९ प्रतिशत जोखिम घटाउन मदत पुग्छ ।
यदि तपाईलाई मधुमेह भयो भने, तिर्खा लाग्ने, बारम्बार पिसाब लाग्ने, तौल घट्ने तथा थकान महसुस हुन्छ । यस्तै मधुमेहले ह्रदय रोग, मृगौला समस्याहरू तथा जटिलताहरू निम्त्याउन सक्छ । व्यवस्थापनले जीवनशैली परिवर्तनहरु समावेश गर्दछ । जस्तै स्वस्थ आहार, नियमित व्यायाम गर्नु आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
के पुरुष र महिलामा हृदयघातका लक्षणहरू फरक हुन्छन् ?
पुष २, २०८१ मंगलबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार