घानाद्वारा प्रशिक्षक क्रिस हगटन बर्खास्त
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार १६:५०:१
१० माघ, काठमाडौं । जारी अफ्रिकन कप अफ नेसन्सको समुह चरणबाट बाहिरिएपछि घानाले आफ्ना मुख्य प्रशिक्षक क्रिस हगटनलाई बर्खास्त गरेको छ ।
घानाले जारी अफ्रिकन कपको समुह चरणमा कुनै खेल जित्न सकेको थिएन । घानाले एक खेलमा हार बेहोरेको थियो भने दुई खेल बराबरी खेलेको थियो । ३ खेलमा २ अंक हासिल गरेको घाना समुह बी मा तेस्रो स्थानमा रहदै बाहिरिएको थियो ।
घाना फुटबल फेडेरेसनले एक विज्ञप्ति जारी गर्दै क्रिसलाई पदमुक्त गरेको घोषणा गरेको छ । साथै घानाले राष्ट्रिय टिमको प्राविधिक टिमलाई समेत बर्खास्त गरेको छ । फेडेरेसनले राष्ट्रिय टिमको नेतृत्व छिट्टै चयन गर्ने बताएको छ ।
न्यूक्यासाल र ब्राइटनका पूर्व प्रशिक्षक रहेका क्रिस २०२२ को विश्वकपपछि घानाको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । घानाले १९६३, १९६५, १९७८ र १९८२ गरि चार पटक अफ्रिकन कप जितेको छ भने १९६८, १९७०, १९९२, २०१० र २०१५ मा उपविजेता बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
स्कटल्याण्डका गोलकिपरसँग ठोक्किएका हंगेरीका फरवार्डको उपचार हुँदै
असार १०, २०८१ सोमबार
नाक भाँचिएका एम्बाप्पेले मास्क लगाएर खेल्ने
असार ४, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार