१६० करोड भन्दा अवैध सम्पति कमाउने भारतीय कर्मचारीको घरमा छापा
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार ११:३२:३६
११ माघ, हैदराबाद । भारतको भ्रष्टाचार विरोधी ब्यूरोले तेलंगानामा एक ब्यक्तिबाट १६० करोड अवैध रकम कब्जामा लिएको छ।
तेलंगाना राज्य घर जग्गा नियामक प्राधिकरणका सचिव र हैदराबाद मेट्रोपोलिटन विकास प्राधिकरणका पूर्व निर्देशक शिव बालकृष्णले कथित रूपमा कमाएको १०० करोड भारतीय रूपैयाँ (नेपाली १६० करोड) भन्दा बढीको अबैध सम्पत्ति पत्ता लगाएको हो ।
एसीबीको प्रारम्भिक निष्कर्ष अनुसार बालकृष्णले कथित रूपमा रियल इस्टेट कम्पनीहरूलाई अनुमति दिई करोडौं रूपैयाँ कमाएको खुलासा भएको छ।
अधिकारीहरूले बालकृष्ण र उनका आफन्तहरूको घर र कार्यालयहरूसहित तेलंगानाका धेरै ठाउँहरूमा खोजी गरेका थिए । जसअनुसार आयको अवैध स्रोतहरू भन्दा अवैध सम्पत्ति जम्मा गरेको आरोपमा उनी माथी छानबिन जारी छ ।
गत बुधबार बिहान ५ बजेबाट अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरो (एसीबी) ले खोजी सुरु गरेको हो, जसका लागि उनको २० स्थानमा कभर गरिएको थियो । खोजी कार्य बिहीबारसम्म जारी रहने बताइएको छ । बालकृष्णको घर र अनुसन्धानसँग सम्बन्धित अन्य महत्वपूर्ण स्थानमा छापा मारिएको छ ।
बालकृष्णविरुद्ध मुद्दा दर्ता भएको छ । उनले आफ्नो पदको दुरुपयोग गरी ठूलो मात्रामा सम्पत्ति आर्जन गरेको आशंका सुरू देखी नै भए पनि अहिलेसम्म छापा भने हानिएको थिएन ।
खोजीका क्रममा सुन, फ्ल्याट, बैंक निक्षेप र बेनामी होल्डिङसहित एक सय करोडभन्दा बढीको सम्पत्ति भेटिएको छ । बरामद भएको सूचीमा ४० लाख नगद, दुई किलो सुनका गरगहना, ६० थान महँगो घडी, सम्पत्तिका कागजात र बैंकमा राखिएको रकम समावेश रहेका छ । यस बाहेक १४ फोन, १० ल्यापटप र धेरै इलेक्ट्रोनिक ग्याजेट बरामद गरिएको छ ।
एसीबीले अहिले बालकृष्णको बैंक लकर र अन्य अघोषित सम्पत्तिमाथि छानबिन गरिरहेको छ । भोलि पनि अनुसन्धान जारी रहने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार