मुगुमा भाइरल ज्वरोको प्रकोप : तीनजनाको मृत्यु, सयौँ बिरामी
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १२:६:२०
♦ खड्क सुनार
११ माघ, मुगु । मुगुको सोरु गाउँपालिका वडा नं ६ पुरुमुरुका सल ढोलीकी २४ वर्षीया बुहारी कुसुम ढोलीको भाइरल ज्वरोका कारण मृत्यु भयो । रुघाखोकी, भाइरल ज्वरोका कारण अहिले ससुरा सल ढोली पनि ओछ्यानमै छन् ।
उनलाई आङ, जिउ दुख्ने , हातगोडा दुख्ने समस्याले ग्रसित छन् । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा करिब एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा बिरामी परेका छन् । भाइरल ज्वरोबाट बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित बनेका छन् ।
सोरु गाउँपालिकामा अहिले भाइरलको प्रकोप देखिएको छ । सोरु गाउँपालिकाका सबै वडाहरुमा अधिकांश भाइरल ज्वरोबाट प्रभावित मात्र बनेका छन् । ३ जनाले ज्यान गुमाइसकेका छन् । ज्वरोको प्रकोप बढ्दै जाँदा समेत बिरामीहरुले उचित प्रकारको औषधि पाउन सकेका छैनन् । गाउँपालिकामा भाइरल ज्वरो बढ्दै जाँदा सोरु गाउँपालिकामा औषधि अभाव रहेको बताइएको छ ।
भाइरल ज्वरोकै कारण सोरु गाउँपालिका वडा नम्बर १ पुरुमुरुका ७० बर्षीया कृति छत्याल र ७० वर्षभन्दा माथिका हरिबहादुर शाही र २४ बर्षीया कुसुम ढोलीको मृत्यू भएको छ । ज्वरोले सबै भन्दा बढी पुरुमुरु गाउँ प्रभावित बनेको छ । बिरामीहरु नजिकैको सोरुका स्वास्थ्य चौकिहरुमा आधारभूत उपचार गराई रहेको सोरु गाउपालिका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।
यता जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय मुगुका डाक्टर कमल ढुंगानाका अनुसार भाईरल ज्वरोको समस्या सामान्य रहेको बताएका छन् । यो समस्या जानकारी पाउना साथ अस्पतालको टोली संक्रमण स्थलमा पुगेको थियो । सोरुका पुरुमुरु र जिमा गरि दुई गाउँमा चेकजाँच गर्दा १ सय ५० जना लाई प्रकोप फैलिएको बताए ।
पछिल्लो समय सोरुका मात्र नभई छायाँनाथ रारा नगरपालिकामा पनि यस्तो समस्या देखिएको छ । चेकजाँच गर्दा गाउँमा उपचार नभएपछि दुईजनालाई जिल्ला अस्पताल मुगुमा रिफर गरिएको छ । विशेष गरेर सुख्खा खडेरी, हिमपात नभएका कारण भाइरल प्रकोप बढाएको उनको भनाई छ । यद्यपि थप स्वास्थ्यकर्मी परिचालन गरिने बताए ।
अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता आउने, आँखा दुब्ने, खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार