राष्ट्रियसभा निर्वाचनमा ६० प्रतिशत मतदान सकियो

नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १२:२०:०

११ माघ, काठमाडौं । निर्वाचन आयोगले बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा ६० प्रतिशत मत खसिसकेको जनाएको छ । सातै प्रदेशमा मतदान स्थलहरू ६० प्रतिशत मतदान भइसकेको छ ।
निर्वाचन आयोगले ११.३० बजेसम्म ६० प्रतिशत मतदान सकिएको जनाएको हो । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६० प्रतिशत मतदान सकिएको जानकारी दिए । सातै प्रदेशका मतदान केन्द्रमा मतदान जारी रहेको उनले बताए । आयोगले मतदानको समय बिहीबार अपराह्न ३ बजेसम्मको लागि तोकेको छ ।
मतदान सकिएपछि मुचुल्काको काम गरिने र त्यसपछि मतगणना गर्ने स्थलमा सुरक्षित साथ पुर्याएपछि मतगणना सुरु गरिने प्रवक्ता पौडेलले बताए । मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेपछि मात्रै मतगणना सुरू हुनेछ । आजै मतगणना सुरू भई निर्वाचन परिणाम आउने उनले बताए ।
राष्ट्रियसभा निर्वाचनका लागि ८ वटा दलका ५१ जनाले उम्मेदवारी दिएका छन् । १९ जना राष्ट्रियसभा सदस्यको फागुन २० गते पदावधि सकिँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन अवागै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यस अनुसार आयोगले बिहीबार निर्वाचन गराएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
अमेरिकी नागरिकताको लोभ देखाएर ५० लाख डलरको गोल्ड कार्ड बेच्ने राष्ट्रपति ट्रम्पको योजना
फागुन १४, २०८१ बुधबार
बिहिबारदेखि अङ्ग्रेजी भाषा शिक्षकहरूको अन्तराष्ट्रिय सम्मेलन शुरू हुँदै
फागुन १४, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार