स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १२:२०:५६
११ माघ, वीरगञ्ज 'पर्सा' । विगत केही वर्षअघिसम्म भारतीय नुनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन् । आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे प्रचारप्रसार, स्थानीय प्रशासनले भारतीय नुनको आयातमा कडाइ र आयो नुनको सहज आपूर्तिसँगै सीमावर्ती क्षेत्रका स्थानीयले दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् ।
आयोडिनयुक्त नुनको फाइदाबारे बुझेपछि भारतीय ढिके नुन खान छाडेर आयोडिनयुक्त नुन उपभोग गर्न थालेका छौँ, पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वाका जमालुदिन मियाँले भने, “आयो नुनको फाइदाबारे थाहै थिएन, त्यसैले हामी भारतीय ढिके नुनको प्रयोग गर्दै थियौँ, अब भन्ने आयोडिन नुनकै प्रयोग गर्न थालेका छौँ ।”
साल्ट्र ट्रेडिङले गाउँमै आयोडिनयुक्त नुनको फाइदा र महत्वको विषयमा समय समयमा प्रचारप्रसार गरेपछि आयोडिनयुक्त नुनप्रति आकर्षण बढेको उनको कथन छ । आयोडिनयुक्त नुन प्रयोग गरेपछि मानसिकरुपमा फुर्तिलो, शारीरिक रुपमा स्वस्थ्य, स्मरण शक्तिको वृद्धिसँगै बालबालिकामा पढ्ने रुचिको विकास हुन्छ, तर भारतीय ढिके नुनमा त्यस्तो कुनै फाइदा नदेखिएपछि आयोडिन नुन खान सुरु गरिएको सिरहाको ठोरी गाउँपालिका–४ का शम्भु श्रेष्ठले बताए।
उनले भने, “करिब तीन÷चार वर्षअघि सम्म गाउँका प्रायः धेरै स्थानीयले भारतीय ढिके नुन खान्थे, तर अब अधिकांशले आयो नुनको प्रयोग गर्न थालिसकेका छन् ।” आयो नुनभन्दा सस्तो र खरिद गरेर सहजरुपमा ल्याउन सकिने भएकाले स्थानीयमा ढिके नुनको चाहट थियो, तर अब आयो नुन पनि गाउँमै सहजरुपमा आउन थालेकाले पनि आयो नुन खान थालेको उनको भनाइ थियो ।
प्रहरीले पनि भारतीय नुन आयातमा कडाई गरेपछि भारतीय ढिके नुन बन्द भएको उनको भनाई छ । आयोडिनयुक्त नुन बजारमा रु २० मा बिक्री भइरहेको छ भने भारतीय नुन प्रतिप्याकेट भारतीय रु १० मा बिक्री भइरहेको छ । भारतीय सिमासँग जोडिएको पर्साको वीरगञ्ज महानगरपालिका, छिपहरमाई गाउँपालिका, ठोरी, पटेर्वासुगौलीलगायतका स्थानमा भारतीय ढिके नुनको प्रयोग बढी भइरहेको थियो, साल्ट्र ट्रेडिङ कार्पोरेसन पर्सा वीरगञ्जका प्रमुख अमोज लामिछानेले भने, “भारतीय नुन प्रयोग भइरहेको स्थानमा आयोडिन नुनको प्रचारप्रसार गरेपछि अहिले भारतीय नुनको प्रयोगमा करिब ९० प्रतिशत कमी आएको छ ।”
स्थानीयको आयो नुनप्रति आकर्षण बढेसँगै पर्सा, बारालगायतका जिल्लामा आयोडिनयुक्त नुनको माग बढेको प्रमुख लामिछानेले जानकारी दिए । उनका अनुसार पाँच वर्षअघिसम्म पर्सा, बारा, रौटहट र सर्लाीमा गरी मासिक करिब १०÷१२ हजार बोरा आयो नुन खपत हुँदै आएकोमा पछिल्लो केही वर्षदेखि मासिक २० हजार बोरा आयो नुन खपत हुन थालेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा दुई ४० हजार बोरा आयो नुन खपत भएको प्रमुख लामिछानेको भनाइ छ । साल्ट्र ट्रेडिङ कार्पोरेसन पर्सा वीरगञ्जले पर्साको ११ , बाराको नौ , रौतहटको पाँच र सर्लाहीका सात गरी ३२ डिलरमार्फत चार जिल्लामा नुन बिक्री गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार