गण्डकीमा २३० मध्ये २१० मत खस्यो
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १२:३२:५३
११ माघ, पोखरा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीमा प्रदेशसभाका ६० र प्रदेशका ११ जिल्लामा रहेका ८५ वटा पालिकाका प्रमुख र उपप्रमुख एक सय ७० गरी कुल दुई सय ३० जना मतदाता रहेका छन् । जारी मतदानअन्तर्गत ११ः३० बजेसम्म दुई सय १० जनाले मतदान गरिसकेका छन् ।
निर्वाचनमा प्रदेशसभाका ६० मध्ये ५० र स्थानीय तहका एक सय ७० मध्ये एक सय ६० जनाले मतदान गरिसकेका छन् । राष्ट्रियसभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो २० फागुनमा सकिँदै छ ।
तीन पदका लागि गण्डकीमा आठजना उम्मेदवार रहेका छन् । सत्तागठबन्धनका तर्फबाट तीन सीटमध्ये दुई सिटमा नेपाली कांग्रेस र एक सीटमा माओवादीका तर्फबाट उम्मेदवार बनेका छन् ।
सत्तागठबन्धनमा सीट भाग लगाउने क्रममा तीन क्लस्टरमध्ये कांग्रेसको भागमा परेको अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांंगता–अल्पसंख्यक क्लस्टरमा तनहुँका पदमबहादुर परियार र माओवादीको भागमा परेको महिला क्लस्टरमा पर्वतकी मनरुपा शर्मा उम्मेदवार छन् ।
यसैगरी, नेकपा एमालेले अन्य क्लस्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता–अल्पसंख्यक क्लस्टरमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लस्टरमा गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अन्य क्लस्टरमा कास्कीका रोमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठ चुनावी मैदानमा छन् ।
गण्डकीको निर्वाचनमा प्रदेशसभाका ६० र प्रदेशका ११ जिल्लामा रहेका ८५ वटा पालिकाका प्रमुख र उपप्रमुख एक सय ७० गरी कुल दुई सय ३० जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभाका एक मतदाताको मतभार ५३ र पालिकाको एक मतको मतभार १९ गरी गण्डकीको कुल मतभार ६ हजार चार सय १० छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार