बालकुमारी घटनामा मारिएका दुई युवाको परिवारसहित २७ जनालाई सरकारले दियो १ करोड १७ लाख राहत
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १३:२४:३
११ माघ, काठमाडौं । बालकुमारी घटनामा मारिएका दुई युवासहित सरकारले एकै महिनामा १ करोड १७ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ । यसअनुसार विभिन्न व्यक्ति तथा परिवारले उक्त सहायता लिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदको विभिनन मितिमा भएको निर्णयअनुसार उक्त रकम बाँडिएको मन्त्रालयको भनाइ छ ।
यसै अन्तर्गत सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिएको छ । मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०÷१० लाख रुपैयाँ प्रदान गरिएको हो ।
सरकारले गत पुसमा मात्र १ करोड १७ लाख रुपैयाँ सहायता वितरण गरेको छ । १३ पुसका दिन रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।
सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो । घटनापछि सरकारले मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।
पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन गरेका थिए ।
यस्तो छ विवरण
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार