'मोदिबेनी' बाट अमर प्रतापको डेब्यु, रेजिनाको कमब्याक
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १३:५७:२३
११ माघ, काठमाडौं । छायाङ्कनमा जान लागेको चलचित्र ‘मोदिबेनी’ को कलाकारको लाइनअप पुर्ण भएको छ । हाल कार्यशालामा रहेको यस चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रितको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् ।
यस चलचित्रबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्ने भएकी छन् । उनले पछिल्लो चलचित्र 'वरदान'मा 'लिड रोल'मा अभिनय गरेकी थिइन् । दुई कार्यकाल कलाकार सङ्घमा उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष रही कार्य गरेकी उनले यस बीचमा केही म्युजिक भिडियो, विज्ञापन तथा लघु चलचित्रमा अभिनय भने गरिरहेकी थिइन् । उप्रेतीले यस चलचित्रमा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् ।
अभिनेता सरोज खनालले पनि चलचित्रमा प्रमुख भूमिका निभाउनेछन् । चलचित्रमा अमर, सरोज, रेजिना, केकी, दिलीपका अलावा कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको हो ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गर्दैछन् । आनन्द बिक्रम क्षेत्रीले लेखेको यो चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्नेछ । चलचित्र माघ १६ गतेदेखि छायाङ्कनमा जानेछ ।
चलचित्रमा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेज डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार