बेल्जियमको कम्पनीले किन्यो ‘साम्बाला’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १४:३४:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/df_tRXtMfHdGs_8bF8l4d9NC.jpg)
११ माघ, काठमाडौं । बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छानिएको फिल्म ‘साम्बाला’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । हलिउडको चर्चित पत्रिका भेराइटीको अनलाइन संस्करणमा उल्लेख भएअनुसार बेल्जियमको फिल्म वितरण कम्पनी बेस्ट फ्रेन्ड फरएभरले लिएको हो ।
भेराइटीले मीन भाम निर्देशित फिल्म दक्षिण एसियाबाटै तीन दशकपछि मुख्य प्रतिस्पर्धामा छानिने पहिलो फिल्म भएको जनाएको छ । मीन भामले अविनाश विक्रम शाहसँग मिलेर लेखेको पटकथाले गर्भवती महिलाको भिक्षुसँगको मानसिक र भौगोलिक यात्राको कथा पेश गर्छ ।
निर्देशक मीन भामले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार राम्रो मूल्यमा बिक्री भएको जनाएका छन् । उनले दर्जन बढी देशको प्रदर्शन अधिकारी बिक्री भइसकेको बताए ।
‘कागजी सम्झौता भइनसकेकाले धेरै खुलेर भन्न सक्ने अवस्था छैन । तर बौद्धमार्गी भएका साना साना देशले पनि फिल्म प्रदर्शन अधिकार लिने चासो देखाएका छन् । हामीले बेस्ट फ्रेन्ड फरएभरबाट राम्रो मिनिमम ग्यारेन्टी पाइसकेका छौँ,’ मीनले भने ।
विश्वका ठूला फेस्टिभलको मुख्य प्रतिस्र्धामा छनौट हुने फिल्मले सेल्स एजेन्टबाट मिनिमम ग्यारेन्टी पाउने सम्भावना प्रबल रहन्छ । मीनको फिल्म फ्रेब्रुअरीको १५ देखि २५ तारिखसम्म हुने बर्लिन फिल्म फेस्टिभलमा समापन फिल्मको रुपमा पनि छनौट भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार