काठमाडौंका मेयर बालेन र धरानका हर्कले किन गरे राष्ट्रियसभाको मतदान बहिस्कार ?
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १५:१:९
११ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । उनीहरु दुबैले स्वतन्त्र उम्मेदवारी दिएर गत स्थानीय तहको निर्वाचनमा मेयर जितेका थिए ।
काठमाडौ महानगरपालिकाको मेयरमा बालेन र धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचन चितेदेखि नै उनीहरुले अहिलेको राव्यव्यवस्थाले अंकार गरेका प्रावधानहरुलाई चुनौती दिँदै आएका छन् । सामान्यतया निर्वाचन बहिस्कार गर्न राज्य व्यवस्था विपरित कार्य मानिन्छ । उनीहरुले कामले नभ्याएर नभई व्यवस्थालाई चुनौती दिन मतदान बहिस्कार गरेको देखिन्छ ।
मेयर बालेन साहले यसअघि न्यायपालिकालाई पनि चुनौति दिएका थिए । मेयर पदमा बसेर उनले सिहदरवारमा आगो लगाउनेसम्मका अभिव्यक्ति दिएका थिए । बालेनले यो व्यावस्थाभित्र आफू नरहेको र यो राज्य प्रणालीलाई नमान्ने किसिमका धेरै अभिव्यक्ति दिँदा पनि राज्यले भने कुनै प्रतिक्रिया जनाएको छैन् । धरानका मेयर हर्कले पनि व्यवस्था विपरित हुने गरी मेयरको कर्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएका थिए ।
म मतदान गर्दिन भन्ने नागरिकको वैयक्तिक स्वतन्त्रता भएपनि मेयर जस्तो पदमा बसेर मतदान गर्दिनभन्दा यसले यो राज्य प्रणालीलाई नमानेको जस्तो अर्थ लाग्न गएको छ । मतदान सुरु भएपछि मेयर साहले हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न नजाने बताएका थिए । कार्यव्यवस्ताका कारण उनले मतदानमा सहभागि नहुने बताएका हुन् ।
एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले हेटौँडा पुगेर मतदान गरेकी छन् । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने भन्दै मतदान बहिस्कार गरेका छन् ।
यस्तै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाका उपमेयर राजु तिरूवाले मतदान नगरेका हुन् । मेयर हमाल स्वतन्त्र उम्मेदवारका रुपमा मेयर निर्वाचित भएका थिए । तिरूवा भने नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए । उनी बिरामी भएका कारण मतदानमा सहभागी नभएको उनको पार्टीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार