पीएम कपमा मधेश र बागमती प्रदेश विजयी
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १६:२२:४५
११ माघ, काठमाडौं । पीएम कप अन्तर्गत बिहिबार सम्पन्न खेलमा मधेश प्रदेश र बागमती प्रदेशले जित हासिल गरेका छन् । टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको ३३६ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ३९.५ ओभरमा अल आउट हुँदै १९० रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गर्दै मधेश प्रदेशले अनिल शाहको १२७ तथा अरनिको यादवको ६३ रनको मद्दतले ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो ।
यो जितपछि मधेश प्रदेशको ८ खेलमा ५ जितसहित १० अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै गण्डकी प्रदेशको भने ६ खेलमा ४ अंक रहेको छ र आठौँ स्थानमा छ ।
त्यस्तै विहिबार नै मुलपानी मैदानमा सम्पन्न अर्को खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ९७ रनले पराजित गरेको हो । बागमती प्रदेशले दिएको २४८ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ३०३ ओभरमा अल आउट हुदै १५० रन मात्र बनाएको थियो । यस अघि बागमती प्रदेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको थियो ।
यो जितपछि बागमती प्रदेश ८ खेलमा १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सुदूरपश्चिमको भने ६ खेलमा ८ अंकसहित पाँचौं स्थानमा झरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार