एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हरायाे
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १७:४:२८
११ माघ, भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभर सवै विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । उसका लागि दिलशाद अलीले अविजित ३९ रन बनाए । यस्तै मृणाल गुरुङले ३४ तथा विराट भण्डारीले २३ रन बनाए । बलिङतर्फ एपिएफका रमेश कुर्मीले पाँच, भुवन कार्कीले तीन तथा रोहितकुमार पौडेल र मौषम ढकालले एक एक विकेट लिए ।
एक सय ३४ रनको विजयी लक्ष्य एपिएफ क्लबले २२ दशमलव तीन ओभरमा तीन विकेटको क्षतिमा प्राप्त ग¥यो । एपिएफ क्लबका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५२ रन बनाए । यस्तै पुरन विकले अविजित ३३ तथा लोकेश बमले १६ रन बनाए । बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इकलाख अहमद खाँले एक एक विकेट लिए ।
रमेश कुर्मी खेलको म्यान अफ दी प्लेयर घोषित भए । समापन कार्यक्रममा नेपाल क्रिकेट सङ्घ 'क्यान'का अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय प्रतियोगिता काठमाडौं बाहिर गर्न क्यान प्रतिबद्ध रहेको बताए । भविष्यमा देशका अन्य शहरमा पनि प्रतियोगिता आयोजना गर्दै जाने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार