स्ववियुद्वारा चिकित्सा क्याम्पसमा तालाबन्दी
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १७:६:३
११ माघ, काठमाडौं । काठमाडौंको महाराजगञ्ज स्थित चिकित्सा क्याम्पस डिन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले १७ बुँदे माग राख्दै आज तालाबन्दी गरेको छ ।
युनियनले लामो समयदेखि विभिन्न माग राखी डिन कार्यालय जाँदा समेत बेवास्ता गरिएको भन्दै स्ववियु डिन कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्ति मार्फत जानकारी दिए ।
आफ्ना मागहरुका विषयमा पटक पटक डिन कार्यालयलाई जानकारी गराउँदा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने संस्थाले समय अभाव भएको बहाना गर्दै सामान्य छलफल समेत नगरेको भन्दै तालाबन्दी गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
मागहरुको सुनुवाइ नभएसम्म तालाबन्दी जारी रहने बताइएको छ । उनीहरूले क्याम्पसमा यूजी तथा पीजीका विद्यार्थीहरुका लागि उचित अनुपातका आधारमा ३०० बेड सहितको उचित होस्टेलको व्यवस्था हुनुपर्ने, पुस्तकालय २४सै घन्टा खुला हुनुपर्ने, इन्टर्नसिप चिकित्सकको तलब समयअनुसार बढ्नुपर्ने, फिल्ड भिजिटका क्रममा दैनिक भत्ता पाउनुपर्ने, पब्लिक हेल्थका विद्यार्थीहरुलाई छात्राबसको व्यवस्था हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको ऐन अनुसार विद्यार्थी कल्याण समिति निर्माणका लागि निर्देशन हुनुपर्ने लगायतका विभिन्न १७ बुँदे माग अघि सार्दै आन्दोलन गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार